संयुक्त राष्ट्रसंघको काठमाडौंस्थित राजनीतिक मामिला विभाग बन्द गर्न सरकारको निर्देशन

संयुक्त राष्ट्रसंघको काठमाडौंस्थित राजनीतिक मामिला विभाग बन्द गर्न सरकारको निर्देशन


काठमाडौँ, जेठ २८ ।  संयुक्त राष्ट्रसंघको काठमाडौंस्थित राजनीतिक मामिला विभाग (डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स) बन्द हुने भएको छ । द्वन्द्वपछि समाजमा सौहाद्र्रता कायम गर्न स्थापना गरेको  सो डीपीएले नेपालको सार्वभौमसत्ताविरोधी कार्यक्रम सञ्चालन गरेको आरोप लगाउँदै आएकोसरकारले बन्द गर्ने निर्णय गरेसँगै यो बन्द हुने भएको हो । सरकार र तत्कालीन माओवादीबीच २०६३ मा शान्ति सम्झौतापश्चात् शान्ति प्रक्रियामा सघाउन स्थापित संयुक्त राष्ट्र संघीय मिसन (अनमिन) को कार्यावधि सकिएपछि पनि राजनीतिक मामिला विभाग सरकारको सहमतिबिनै सञ्चालित थियो।

प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाकार डा. कुन्दन अर्यालले पनि सरकारले बन्द गर्ने निर्णय गरेको स्वीकार गरे ।  ‘नेपालस्थित राष्ट्र संघको राजनीतिक मामिला विभाग बन्द गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ र यसबारे राष्ट्र संघको कार्यालयलाई पनि पत्र पठाइएको छ’, उनले भने।

नेपालस्थित राष्ट्र संघको डीपीएमाथि कार्यक्षेत्र नाघेर काम गरेको आरोप लाग्दै आएको छ। उसले जातिय, क्षेत्रीय मुद्दालाई भड्काउने गरेको, विखण्डनकारी तत्वहरूसँग सम्बन्ध विस्तार गरेको र सघाएको आरोप लाग्दै आएको छ।

अनमिन सन् २००६ देखि २०११ सम्म औपचारिक रूपमा बसेको थियो तर त्यसयता भने अनधिकृत रूपमा डीपीएका रूपमा बस्दै आएको थियो।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार