सुन तस्करीका अभियुक्तलाई फरक–फरक मुद्धा

सुन तस्करीका अभियुक्तलाई फरक–फरक मुद्धा


काठमाडौँ, जेठ २८ ।  ३८ क्वीन्टल सुन तस्करीका अभियुक्तहरु मध्ये एसएसपी दिवेश लोहनी र डीएसपी प्रजित केसीलाई अनुसन्धानमा लापरबाही मात्रै गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा नचलाइने भएको छ । तर, मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ र उनका सालो नाता पर्ने डा. डेबिटर भनिने छिरिङ वाङ्गेल घलेलाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाइने भएको छ ।
उनीहरुलाई हाल केन्द्रीय कारागारमा राखिएको छ । उनीहरुलाई सम्पत्ति शुद्धीकरण विभागले  थप अनुसन्धानका लागि उनीहरुसँग सोधपुछ गर्ने तयारी गरेको छ । सुन तस्करीबारे छानविन गर्न उच्चस्तरीय समिति बनेको छ ।   

सुन तस्करीमा मुछिएका प्रहरी अधिकारीविरुद्ध भने भ्रष्टाचार मुद्दा चल्ने भएको छ । उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्ने बताइएको छ ।

पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेलविरुद्ध भ्रष्टाचार मुद्दामा छानबिन हुने भएको हो ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार