ट्रम्प र किम बीचको बहुप्रतीक्षित एक्लाएक्लै वार्ता सिंगापुरमा सम्पन्न

 ट्रम्प र किम बीचको बहुप्रतीक्षित एक्लाएक्लै वार्ता सिंगापुरमा सम्पन्न


एजेन्सी, जेठ २९ ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीचको बहुप्रतीक्षित एक्लाएक्लै वार्ता सिंगापुरमा सम्पन्न भएको छ।
वार्तापछि दुई नेताहरू कार्यसूचीसहितको दिवाभोजमा सहभागी भएका छन् ।  एक्लाएक्लै वार्तामा बस्नुअघि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै ट्रम्पले किमसँग एकदम राम्रो सम्बन्धु हुने अपेक्षा गरे।

उनले भने, मलाई एकदम राम्रो लागिरहेको छ। हामी राम्रो कुराकानी गर्न गइरहेका छौँ र त्यो एकदम सफल हुनेछ । एकसाथ बसेका दुई नेताहरूले प्रतिकूलताका बावजुद सहज अवस्थामा देखिएका थिए।

किमले भने, यहाँसम्म आइपुग्न सहज थिएन, अनेकौँ अप्ठ्याराहरू थिए तर यहाँसम्म आइपुग्न हामीले त्यसलाई जित्यौँ। सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा ट्रम्प र किमले एकअर्कासँग हात मिलाएका थिए।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार