ट्रम्प उन बीच वार्ता सकियो, आजै ट्रम्प स्वदेश फर्कने

   ट्रम्प उन बीच वार्ता सकियो, आजै ट्रम्प स्वदेश फर्कने


एजेन्सी, जेठ २९ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन विच सिंगापुरमा शिखर वार्ता सम्पन्न भएको छ । उन र ट्रम्प एकआपसमा हात मिलाएपछि वार्ता कक्षमा प्रवेश गरेका थिए । ट्रम्प शिखर वार्ता सकिए लगत्तै अमेरिका फर्किनुहुने भएको छ ।

अपेक्षा गरिएभन्दा चाडो उनी वार्ता भएकै दिन बेलुका स्वदेश फर्किन तयार भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जनाएको छ ।

ट्रम्प र किमबीच वार्ता सकिने वित्तिकै ट्रम्प सोही दिन  स्थानीइ समय अनुसार बेलुका ८ बजे सिंगापुरबाट अमेरिका प्रस्थान गर्ने छन् ।

सामूहिक भेटवार्तापछि उनीहरुका बीचमा एक्ला एक्लै भेटवार्ता भएको छ । एक्ला एक्लै भेटवार्तामा उनीहरू बाहेक भाषा अनुवादक मात्रै सहभागी थिए। त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायतका कार्यक्रमहरु रहेको छ ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार