बर्षाका कारण भारतमा ७९ जनाको मृत्यु

 बर्षाका कारण भारतमा ७९ जनाको मृत्यु


एजेन्सी, जेठ २९ । भारतका विभिन्न ठाँउमा अत्यधिक बर्षाका कारण भएका घटनामा परी विगत २ दिनमा कम्तीमा ७९ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये १६ जनाको भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएको सरकारी अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

‘भारी बर्षाका कारण गत २ दिनमा यस राज्यका विभिन्न ठाँउमा भएका घटनाहरूमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ,’ राज्यका एक मन्त्री इ चन्द्रशेखरनले प्रदेश सभामा गरेको सम्बोधनमा बताए ।  
उनले आंशिक र पूर्ण गरी कुल १२ सय भन्दा बढी घरहरूमा क्षति पुगेको पनि जानकारी दिए ।

घटनामा परी ज्यान गुमाएकाहरुको परिवारलाई ४ लाख रुपैँया राहत रकम उपलब्ध गराउने घोषणा पनि मन्त्रीले गरे ।
भारी बर्षाबाट प्रभावित र पीडित हुनेमा केरलासहित केही अन्य राज्य पनि पीडित भएका छन् ।

भारतको उत्तर प्रदेशमा बर्षाका कारण भएका घटनाहरूमा परी कुल २६ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । त्यसैगरी छिमेकी राज्य विहारमा पनि गत हप्ता २७ जनाको मृत्यु भएको बताइएको छ ।

भारतका पाँच प्रदेशमा गरी कुल २५० भन्दा बढीको मृत्यु गत महिनाको बर्षा र बाढी पहिरोका कारण भएको थियो । घटनामा परी अरु ४०० जना घाइते भएका थिए

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग