प्रधानन्यायधीशमा जोशीको नाम

 प्रधानन्यायधीशमा जोशीको नाम


काठमाडौँ, जेठ २९ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायधीश पदमा सवोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दिपकराज जोशिलाई नियुक्तिका लागि सिफरिस गर्ने निर्णय गेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको हो ।

बैठक पछि कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ्ले प्रधानन्यायाधीश पदमा सिफारिस हुनुभएका दीपकराज जोशीको संसदीय सुनवाईका लागि संघिय संसदमा लेखि पठाउने जानकारी दिए ।  

कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका जोशीलाई उच्च नैतिक चरित्र, इमान्दारिता र कार्य दक्षता समेतलाई दृष्टिगत गरी प्रधानन्यायाधीशमा सिफारिस गरिएको मन्त्री तामाङले बताए ।

संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । मन्त्री तामाङ्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको नियुक्ति पनि छिटै हुने जानकारी दिए ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था रहेको छ । प्रधानन्यायाधिशको नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषदमा कानून मन्त्री सदस्य रहने व्यवस्था छ
 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार