मेरिल्याण्डमा अनिल शाही साँझ

मेरिल्याण्डमा अनिल शाही साँझ

वासिङ्टन डिसी । मेरिल्याण्डको कोलम्बियामा नेपाः पासा पुच अमेरिकाय (एनपीपीए) र नेवाः अर्गनाइजेसन अफ अमेरिका (एनओए)ले संयुक्तरुपमा आयोजना गरेको अनिल शाही सांगीतिक साँझ भव्यरुपमा सम्पन्न भएको छ । शाहीलाई सारंगीवादक श्याम नेपाली र तबला मास्टर न्ह्युछेमान डंगोलले साथ दिएका थिए ।

सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिका आएका शाहीले वासिङ्टन डीसीमा आफ्नो प्रस्तुती पस्केका हुन् । सांगीतिक साँझमा शाहीको गीतार, श्याम नेपालीको सारंगी र न्ह्युछेमान डंगोलको तबलामा संगीतपारखी दर्शकहरु मन्त्रमुग्ध भएका थिए ।

‘द सुल्तान अफ स्ट्रिङ्स, अनिल शाही लाइभ इन कन्सर्ट’ नाम दिइएको साँझमा अमेरिकामा रहेका नेपाली, एनपीपीए र (एनओएका प्रतिनिधी, बानाकी अध्यक्ष अनु वन्त र नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका निर्देशक पूर्णसिंह बराइली लगायतको उपस्थिति थियो ।

आयोजक समूहकी बबिता प्रधान श्रेष्ठले कार्यक्रम उपस्थित सबैलाई धन्यवाद दिंदै कार्यक्रम अपेक्षा गरिएभन्दा धेरै राम्रो भएको र नेपाली कला–संगीतलाई आगामी दिनमा पनि यस्तै सहयोग गर्न अपिल गरेकी छन् ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार