ईश्वर पोखरेलको गुनासो– ‘महासचिव नराख्ने सहमति थियो, थाहै नपाई आएछ’

ईश्वर पोखरेलको गुनासो– ‘महासचिव नराख्ने सहमति थियो, थाहै नपाई आएछ’


काठमाडौँ, जेठ ३० । उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखलेलले जनताले राखेको चाहना पूरा नगर्ने हो भने आगामी पाँच वर्षमा वाम गठबन्धनको सरकारको लोकप्रियता घटेर जाने दाबी गरेका छन् । ‘हामीले प्रतिवद्धता अनुरुप काम गर्यौँ तालि पाउँछौँ । प्रतिवद्धता अनुसार काम गरेनौँ भने गाली पाउँछौँ,’ उनले भने, ‘हामीले गफ गर्ने र प्रतिवद्धतामा ढिला–सुस्ती गर्ने हो भने हामीलाई जनताले उत्तिर्ण हुने छुट दिने छैनन् ।’

उनले अहिले वाम गठबन्धनको सरकार करीब–करीब नयाँ डेरा सरेको व्यक्तिले त्यहाँको फोहोर–मैलालाई सिनित्त पारेर बसेको जस्तो अवस्थामा रहेको भनी उल्लेख गरे । ‘हिजोदेखिका कतिपय वेथितिहरुलाई ठिकठाक पारेर नयाँ ढंगले अघि बढ्नु पर्ने अवस्थामा पनि छौँ । हामीले नीति, कार्यक्रम र बजेट ल्याएको छौँ । हामी यसैमा केन्द्रित भएर योजनाका साथ अघि बढ्छौँ । कतिपय अवस्थामा हिजोका प्रतिवद्धता अनुसार काम भए वा भएन भनेर प्रश्न पनि उठाउन सक्छन्,’ उनले भने, ‘तर, म एउटा विश्वास दिलाउन चाहन्छु । हामीले निर्वाचनका बेला व्यक्त गरेर प्रतिवद्धतालाई वा सरकार सञ्चालन गर्ने जिम्मेवारीलाई पूरा गर्ने गरी अघि बढ्ने छौँ । हामीलाई अब गफमात्र गर्ने तर काम नगर्ने छुट छैन ।’

उनले जनताको चहना अनुशार नै दुई कम्युनिष्ट एक भएको भन्दै दुई पार्टीबीच एकीकरण भैरहँदा अब माओवादी केन्द्र भएर वा नेकपा एमाले भएर कसैले पनि सोचिरहन जरुरी छैन भने । उनले कानुनको सर्वोच्चता, संविधानको मर्यादा, कानुनको शासन, आवधिक निर्वाचन, नियन्त्रण र सन्तुलन, शक्ति पृथकीकरण जस्ता कुरालाई मानेर जनताको अभिमतबाट बहुमत प्राप्त गरेको सरकारले प्रगतिशील ढंगले अघि बढ्नुको अर्को विकल्प नभएको पनि बताए । 


उनले पार्टी एक हुँदा आफू खुशी भएको भन्दै महासचिव पद भन्दा एकीकरण ठूलो भएको पनि दाबी गरे ।   ‘म नेकपा एमालेको दुई पटक निर्वाचित भएको महासचिव हुँ । विधान र मेरो स्प्रीट पनि के–हो भने दुई पटक भन्दा बढी एउटै महासचिव पदमा एउटै व्यक्ति रहनु हुँदैन भन्ने नै हो । म फेरि तेस्रो पटक एउटै कार्यकारी पदमा रहनु उचित हुँदैन भन्ने मान्यता राख्ने एमाले भित्रको एउटा व्यक्ति म पनि हुँ । त्यसैले म महासचिव नभएको कुरालाई मैले अन्यथा रुपमा लिएको छैन र अरुले पनि लिनु आवश्यक छैन भन्ने मेरो तर्क हो,’ उनले भने, ‘दोस्रो कुरा, म अहिले सरकारको मन्त्री छु अर्थात म यता कार्यकारी पदमा नै रहेको छु । यस्तो अवस्थामा फेरि कार्यकारी पदमा पार्टीमा पनि रहने कुराले जसरी संगठनलाई यो अन्तरघुलनको समयमा पुर्नव्यवस्थापन गर्ने कुरामा असहजता हुने थियो ।

त्यसैले अब कसले के पायो वा पाएन भन्ने भन्दा पनि सबै जिम्मेवार ढंगले लागि परेर अघि बढ्नु नै अहिले सबै भन्दा श्रेयकर हुन्छ । अब जुन नेताले जिम्मेवारी पाए पनि जिम्मेवारी कुशल ढंगले पूरा गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।

यतिबेला संगठननात्मक व्यवस्थापन, कार्यालय व्यवस्थापन लगायतका कुरालाई छिटो अघि बढाउनका लागि कसै न कसैले विशेष जिम्मा लिनै पर्छ । यो बाध्यता नै थियो । त्यसैले अब म एकीकृत पार्टीको महासचिव बने भनेर दंग पर्ने वा परिन भनेर नाक खुम्च्याउने होइन जिम्मेवारीलाई पूरा गर्नु चुनौतिपूर्ण कुरा हो ।’

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार