असाइलम निवेदन कति समयसम्म पेश गर्न सकिन्छ ?

असाइलम निवेदन कति समयसम्म पेश गर्न सकिन्छ ?
रमेश श्रेष्ठ

म बी–२ भिसा लिएर अमेरिका आएको ३ महिना भयो । ६ महिना अमेरिकामा बस्नका लागि भनी जेएफके, न्यूयोर्क एयरपोर्टमा भिसा दिएको छ । विगतमा राजनीतिक कारणले र अहिले पनि विभिन्न कारणले नेपालमा सुरक्षा नहुने स्थिति भएकाले राजनीतिक शरणको निवेदन पेश गर्ने विचारमा छु । तर, केही साथीहरु भिसा भ्यालिड हुँदै असाइलमको निवेदन पेश गर्नु भन्छन् भने केही साथीहरुले १ वर्षभित्र जहिले गरे पनि हुन्छ भन्छन् । के गर्दा उपयुक्त होला । अन्योलमा परेको छु । सुझाव पाए धेरै आभारी हुने थिएँ । धन्यवाद ।

– जुबिन, अमेरिका

युएस इमिग्रेसन ल अन्तर्गत कुनै पनि विदेशी नागरिकले भिसा लिएर वा भिसा नलिएर (बोर्डर पार गरेर) आए तापनि अमेरिकामा शरणार्थीको निवेदन प्रवेश गरेको दिनदेखि १ वर्षभित्र उक्त शरणार्थीको निवेदन (आई–५८९) पेश गरिसक्नुपर्नेछ । असाइलमको निवेदन त्यस्ता व्यक्तिहरुले गर्नु योग्य हुनेछ, जसले आफ्नो देशमा रेस, रेलिजियन, नेशनालिटी, मेम्बरसिप इन ए पार्टिकुलर सोसियल गु्रप अर पोलिटिकल ओपिनियनका कारणले आफ्नो मुलुकमा विभिन्न किसिमको गहन शारीरिक वा मानसिक तनाव वा समस्याहरु भोग्नु परेको र अमेरिका आएपछि सोही कुनै पनि कारणबाट आफ्नो देश फर्केमा पुनः समस्या वा शारीरिक वा मानसिक यातना भोग्नुपर्ने निश्चित भएको अवस्था रहेमा अमेरिकामा शरणार्थी वा एसाइलीको स्टाटसका लागि निवेदन दिन सकिनेछ ।

तपाईंको हकमा तपाईं आएको ३ महिना मात्र भएकाले केही समय अरु बाँकी छन् । भिसा भ्यालिड हुँदा नै असाइलमको निवेदन पेश गर्नुपर्ने अथवा त्यस गरेवापत केही थप सुविधा वा प्रायोरिटी पाउने भन्ने कुनै व्यवस्था वा कानून छैन । तर, आएको दिनदेखि १ वर्षभित्र असाइलमको निवेदन (फर्म आई–५८९) युएससीआईएसमा पेश गर्नुभएन र ढिला पेश गर्नुभएमा एसाइलीको स्टाटस प्राप्त गर्न धेरै नै कठिन हुनेछ । त्यस अवस्थामा कुनै एक्स्ट्रा अर्डिनरी सरकम्सट्यान्सेस विद्यमान रहेको र सोको कारणले १ वर्षको म्याद गुज्रिन गएको भनी प्रमाण पेश गर्न नसकेमा विथहोल्डिङ अफ रिमोभल भन्ने सुविधा मात्र पाइनेछ । जसको आधारमा ग्रीनकार्ड प्राप्त गर्न वा विवाहित भए स्पाउस र चिल्ड्रेनहरुलाई डेरिभेटिभ एसाइली स्टाटसका लागि पेटिसन पनि गर्न सकिने छैन ।

त्यसैले १ वर्षभित्र निवेदन पेश गर्न अति नै जरुरी छ । असाइलमको निवेदन युएससीआईएसमा पेश भएपछि त्यस निवेदनउपर कारबाही गर्न असाइलम अफिसमा तपाईंको अन्तरवार्ता हुनेछ । अन्तरवार्तापश्चात् तपाईंको निवेदन स्वीकृत भएमा तपाईंलाई एसाइली स्टाटस अमेरिकी सरकारले प्रदान गर्नेछ । यदि अन्तरवार्तापश्चात् तपाईंको असाइलमको निवेदन स्वीकृत नभएमा र तपाईंको बी–२ भिसा त्यस निर्णय भएको बेलामा एक्सपायर भइसकेको छ भने तपाईंलाई रिमोभल प्रोसिडिङमा राखी इमिग्रेसन कोर्टमा पठाइनेछ । तर, यदि असाइलम अफिसले निर्णय दिने दिनमा तपाईंको बी–२ भिसा भ्यालिड नै छ र तपाईंको निवेदनलाई रिजेक्ट गर्ने निर्णयमा पुगेको छ भने ‘फाइनल डिनाइल’ भनी असाइलमको निवेदनलाई क्लोज गरी आफ्नो मुलुक बी–२ वा अन्य कुनै नन इमिग्रान्ट भिसा एक्सपायर हुनुअगावै अमेरिका छाडी जानु भनी आदेश दिनेछ । यदि भिसा भ्यालिड भएका कारणले तपाईंको असाइलमको निवेदन असाइलम अफिसबाट अस्वीकार भई फाइनल डिनाइल भनी निर्णय गरेको खण्डमा पछि भविष्यमा पुनः असाइलमको निवेदन पेश गर्न नपाउने हुनेछ । त्यसैले असाइलमसम्बन्धी विभिन्न सकारात्मक र नकारात्मक अवस्थाहरु पर्न आउने भएको र असाइलम भन्ने विषय जटिल भएकाले अनुभवी कानून व्यवसायीबाट सल्लाह लिई आफ्नो अवस्था र केसको पूर्ण विश्लेषण गर्न हुन सुझाव छ ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार