रजतपटमा शिवानीको चर्चा

नेपाली चलचित्र क्षेत्रमा प्रवेश नगर्दै चर्चामा आएकी छन् शिवानी गिरी । भारतका विभिन्न सौन्दर्य प्रतियोगितामा ख्याती कमाएकी शिवानीले कहींकतै चलचित्रमा अभिनय गरेकी छन् । नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नुपूर्व नै उनको चर्चा शुरु भएको थियो ।
कलाकार उमा बेबीकी छोरी शिवानीलाई आफ्नै आमाले नेपाली चलचित्रमा भित्र्याएकी हुन् । फेसनमा भने उनले नेपाली नायिकालाई पछि पार्ने देखिन्छ । चलचित्र कहींकतै एक–ढेड महिनामा सार्वजनिक हुने तयारी छ । शिवानी भने भारतीय सिनेक्षेत्रमा सक्रिय हुन खोजेकी थिइन् । त्यसो त उनी मोडलिङमा पनि उत्तिकै जमेकी छन् । पहिरनमा निकै ध्यान दिने भएकाले शिवानीले आफूलाई सौन्दर्यमा अब्बल साबित गर्ने सोचमा छिन् । बलिउडमा समेत उनको प्रवेश हुन सक्ने नेपाली चलचित्र क्षेत्रका जानकारहरुले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
अन्तरवार्ता
-
पार्टीको त यो हालत छ भने त्यही पार्टीको सरकारको हालत के होला ? मैले त फर्केर हेरेको पनि छैन
२०७५-११-२ ० बिचार / प्रतिक्रिया