महाधिवेशन छिट्टै गर्न देउवालाई कोइरालाको यस्तो माग

 महाधिवेशन छिट्टै गर्न देउवालाई कोइरालाको यस्तो माग

विराटनगर, जेठ ३० । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेशन छिट्टैै गर्नुपर्ने बताएका छन् ।  विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले पार्टीको महासमितिको बैठकमा विधान पारित गरेर महाधिवेशनको प्रक्रियामा जानुपर्ने बताए ।  उनले पार्टी सभापति शेरबहादुर देउवाले सहमति र विधान नमान्ने गरेको आरोप लगाउँदै पार्टी एक ढिक्का हुन नसकेकामा चिन्ता व्यक्त गरे।

एक अर्को प्रसंगमा कोइरालाले सरकारविरुद्ध आन्दोलन गर्ने बेला नभएको भएपनि मुलुकमा दण्डहीनता बढेको बताउँदै संघीय सरकारले कूल बजेटको नौ प्रतिशत  मात्र प्रदेशका लागि छुट्याएकाले प्रदेशको विकास निर्माण प्रभावित हुने धारणा राखे ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार