एक सिटे बाबुरामले दिए यस्तो धम्की

एक सिटे बाबुरामले दिए यस्तो धम्की


काठमाडौं, जेठ ३० । नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भटट्राईले मुलुकलाई समृद्ध बनाउँने आफ्नो पार्टीको विचारलाई कार्यान्वयन गरिछाड्ने बताएका छन् ।  
पार्टी स्थापना दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा संयोजक डाक्टर भटट्राईले मुलुकलाई समुन्नत, सुशासन र समृद्धिको दिशामा लैजाने नयाँ विचारका साथ स्थापना भएको पार्टीको विचारलाई कार्यान्वयन गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।  
संयोजक भटटराईले नेपाल भ्रष्टाचार र कुशासनबाट ग्रस्त रहेकाले सबै बेथितिको अन्त्य गर्दै समून्नत समाज निर्माण गर्ने जिम्मेबारी पार्टी सामू रहेको बताए ।  पार्टी स्थापना दिवसका अवसरमा आजै काठमाडौंमा पदयात्रा गरिएको थियो । संघीय संसद्मा भट्राईको एक सिट छ ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा