विश्वकप फुुटबलको महाकुुम्भ भोलि शुरु हुँदै

विश्वकप फुुटबलको महाकुुम्भ भोलि शुरु हुँदै


एजेन्सी, जेठ ३० । रुसको मस्कोमा फुटबलको सबै भन्दा ठूूलो प्रतियोगिता फुटबलको महाकुुम्भ विश्वकप फुटबल भोलिदेखि आयोजना हुँदै छ ।

उद्घाटन खेल आयोजक रुस र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार ८ बजेर ४५ मिनेट जाँदा शुुरु हुनेछ ।

सन् २०३० मा प्रथम पटक विश्वकप उरुग्वेमा आयोजना गरिएको थियो । रुसमा आयोजना हुने यो विश्वकप २१ औँ संस्करण हो ।

अहिले सम्म सबै भन्दा धेरै ५ पटक विश्वकप जित्ने देश ब्राजिल हो ।
जर्मनी र ईटालीले समान ४–४ पटक विश्वकप जितिसकेका छन् भने अर्जेन्टिना र उरुग्वेले ३–३ पटक विश्वकप उपाधिको स्वाद चाखिसकेका छन् ।

यसैगरि फ्रान्स, ईङ्गल्याण्ड र स्पेनले समान १–१ पटक विश्वकपको उपाधि उचालिसकेका छन् ।

खेलको पूर्व सन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा रुसका प्रशिक्षक चेरसेसोभ स्टानिस्लाभले प्रशिक्षण धेरै दिनको गर्न नपाए पनि विपक्षीको डिफेन्स र रणनीति हेर्दै आफ्नो टोलीले खेल्ने विचार व्यक्त गरे ।  
रुसले १० पटक विश्वकपमा छनोट भए पनि समूूह चरण भने पार गर्न सकेको छैन ।
४ पटक विश्वकपमा छनोट भएको साउदी अरेबियाले छनोट भएको पहिलो वर्ष नै एक पटक समूह चरण पार गर्दै अन्तिम १६ सम्म पुुग्न सफल भएको थियो ।

यस पटकको विश्वकपमा सहभागी कुुल ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरिएको छ ।

प्रत्यक समूहको २ शीर्ष राष्ट्रले अन्तिम १६ अर्थात प्रि क्वाटर फाईनलमा स्थान बनाउने छन् ।

धेरै समर्थक भएका राष्ट्र जस्तै अर्जेन्टिनाको पहिलो खेल शनिबार नेपाली समय अनुसार ६ बजेर ४५ मिनेट जाँदा आईसल्याण्डसँग हुनेछ ।

जर्मनीको पहिलो खेल आईतबार नेपाली समय अनुुसार ८ बजेर ४५ मिनेट जाँदा मेक्सीकोसँग हुने छ भने त्यस पछिको खेल नेपाली समय अनुुसार ११ बजेर ४५ मिनेट जाँदा ब्राजिल र स्विट्जरल्याण्डबिच हुनेछ ।
विश्वकप २०१८ आयोजना हुुनै लाग्दा बुुधबार सन् २०२६ को विश्वकप कहाँ हुने भन्ने पनि टुुङ्गो लागेको छ ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा