निर्धारित मितिमैं विज्ञ भेला र साधारणसभा

निर्धारित मितिमैं विज्ञ भेला र साधारणसभा
विश्व न्यूज संवाददाता
सानफ्रान्सिस्को (क्यालिफोर्निया) । 
क्यालिफोर्नियाको सानफ्रान्सिस्को शहरमा आयोजना गरिएको गैर आवासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषद् (एनआरएनए आइसिसी) को विज्ञ भेला र गैर आवासीय नेपाली संघ अमेरिकाको सातौं  साधारणसभाको तयारी पुरा भएको छ । 
एनआरएनए अमेरिकाभित्रको असन्तुष्ट एक समुहले अदालतमा मुद्दा दिएको जनाएपछि केही आंशका देखिदा दुवैं कार्यक्रम निर्धारित मितिमैं हुने एनआरएनए आइसिसी र एनआरएनए अमेरिकाले स्पष्ट पारेको हो । 
कुनैं वाधा व्यवधान जुन १६ र १७ मैं कार्यक्रम हुन्छ । अपवाहको पछी नलाग्न सबैंमा अनुरोध गर्दछौं । एनआरएनए आइसिसीका  उत्तर क्षेत्रीय संयोजक गौरी राज जोशी र एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले संयुक्त विज्ञप्ती जारी गर्दै बताउनुभएको  छ । 
निराधार आरोप लगाई संस्थाको छवीलाई धमिल्याउने गरी मुद्दा हाल्ने कुरा व्यक्तिगत कुण्ठा र दुषित विचारको प्रवाह वाहेक अरु होइन । विज्ञप्तीमा भनिएको छ ।  
विभिन्न माग राखी गत चुनावमा अध्यक्षकी प्रत्याशी बन्नुभएकि रविना थापाले टेनिसी अदालतमा मुद्दा दिएको नारायण थापाले आफ्नो फेसबुक पेज मार्फत जानकारी गराउनुभएको छ । 
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा