बिम्स्टेकको शिखर सम्मेलन भदौ १४ र १५ गते हुने

 बिम्स्टेकको शिखर सम्मेलन भदौ १४ र १५ गते हुने


काठमाडौँ, जेठ ३१ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुने भएको छ ।

बिम्स्टेकको अध्यक्ष मुलुक नेपालले केही साताअघि शिखर सम्मेलनका लागि प्रस्ताव गरेको उक्त मिति सदस्य राष्ट्रले अनुमोदन गरेका हुन् ।

परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले शिखर बैठकका निम्ति नेपालले प्रस्ताव गरेको मितिप्रति सदस्य देशले सहमति जनाएको जानकारी दिए ।

सदस्य राष्ट्रका सरकार प्रमुख वा राष्ट्राध्यक्ष शिखर बैठकमा सहभागी हुनेछन् । सन् १९९७ मा स्थापना भएको बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यान्मार, थाइल्याण्ड र श्रीलंका सदस्य छन् ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार