विश्वकप फुटबल शुरु, ३ अर्ब मानिसले प्रत्यक्ष प्रसारण मार्फत् हेर्ने

 विश्वकप फुटबल शुरु, ३ अर्ब मानिसले प्रत्यक्ष प्रसारण मार्फत् हेर्ने


काठमाडौँ, जेठ ३१ । विश्वभरि नै सर्वाधिक रुचाइएको खेल फुटबलको विश्वकप आजदेखि शुरु भएको छ।

प्रत्येक चार वर्षको अन्तारालमा अन्तराष्ट्रिय फुटबल महासंघ फिफा ले आयोजना गर्ने यस पटकको विश्वकप फुटबल प्रतियोगिता रसियाको राजधानी मस्कोमा शुरु भएको हो ।  

विश्वकप फुटबलको यो २१ औं संस्करण हो । नेपाली समयअनुसार बेलुका सभा ८ बजेबाट मस्कोस्थित लुझिनिकी रंगशालामा एक विशेष समारोहका बीच विश्वकप फुटबल शुरु भएको हो ।  पहिलो खेल रसिया र साउदी अरेबियाबीच भैरहेको छ।

३२ राष्ट्रले प्रतियोगितामा विभिन्न समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन् ।

खेलका लागि एघार वटा शहरमा १२ वटा रंगशाला तोकिएका छन् । एक महिनासम्म चल्ने प्रतियोगिता रसियाका १५ लाख दर्शकले प्रत्यक्ष हेर्नेछन् भने टेलिभिजनबाट ३ अर्ब मानिसले प्रत्यक्ष प्रसारण मार्फत् हेर्ने छन् ।
 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार