प्रधानमन्त्रीको आसन्न चीन भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ पार्छः ज्ञवाली

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ पार्छः ज्ञवाली


 काठमाडौँ, जेठ ३१ ।  परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताएका छन् ।

परराष्ट्र मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणका क्रममा केही सम्झौता र सहमतिपत्रमा हस्ताक्षर हुने जानकारी दिए ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल–चीन व्यापार तथा सहयोगका नयाँ क्षेत्रमा समेत छलफल हुने परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।
कार्यक्रममा मन्त्री ज्ञवालीले विदेश स्थित नेपाली कुटनैतिक नियोगहरुलाई प्रभावकारी बनाउने र राजदुतहरुको नियुक्तिका विषयमा मन्त्रालयले प्रक्रिया अगाडी बढाएको जानकारी पनि दिए ।  
 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार