एशियाली विकास बैंकको वैकल्पिक निर्देशक पदबाट सुवेदी फिर्ता

   एशियाली विकास बैंकको वैकल्पिक निर्देशक पदबाट सुवेदी फिर्ता


काठमाडौँ, जेठ ३१ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा नेपालको तर्फबाट एशियाली विकास बैंकको वैकल्पिक निर्देशक पदमा कार्यरत पूर्वमुख्य सचिव डा. सोमलाल सुवेदी फिर्ता हुने भएका छन् । उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले फिर्ता बोलाएको हो ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई फिर्ता बोलाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

सुवेदीको ठाउँमा अर्थ मन्त्रालयका सह–सचिव रामशरण पुडासैनीलाई पठाउने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ। सुवेदी फिर्ता भएसँगै उक्त कार्यभार सम्हाल्न संघको कार्यालय मनिलामा पुडासैनी जानेछन्।  
 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार