विश्वकप फुटवलको उद्घाटन खेलमा रसिया विजयी, साउदी निरिह

विश्वकप फुटवलको उद्घाटन खेलमा रसिया विजयी, साउदी निरिह


काठमाडौँ, जेठ ३१ । विश्वकप फुटवलको उद्घाटन खेलमा रसिया साउदी अरेबियालाई ५–०  को फराकिलो अन्तरले हराउँदै विजयीको सुरुवात गरेको छ । रसिया टिमको अगाडि साउदी अरेबिया निरिह सावित भएको छ । आजबाट रसियामा सुरु सन् २०१८ को विश्वकप फुटवलको पहिलो खेलमै आयोजक राष्ट्रले फराकिलो अन्तरको जित निकालेको हो ।  

नेपाली समय अनुसार बिहीबार राति पौने ९ बजे सुरु भएको खेलमा रसियालाई जिताउन डेनिस चेरसेबले २ तथा युरी ग्याजिन्स्की, आर्तेन जुबा र अलेक्जेण्डर गोलोविनले १–१ गोल गरे ।

रसियाले खेलको १२ औं मिनेटमा नै ग्याजिन्स्कीको गोलमा अग्रता लियो । त्यसपछि चेरसेबले ४३ औं मिनेटमा गोल थपे  ।  
७१ औ मिनेटमा जुबाले गोल गरे भने बाँकी २ गोल खेलको इन्जुरी समयमा भयो । इन्जरी समयको पहिलो मिनेटमा नै चेरसेबले गोल गरे भने खेल सकिने केही सेकेण्ड अगाडि गोलोविनले गोल गरे ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार