रसिया यात्रा ब्राजिलका लागि कठिन, स्वीजरल्याण्डका सामू ब्राजिल किन कमजोर बन्यो ?

रसिया यात्रा ब्राजिलका लागि कठिन, स्वीजरल्याण्डका सामू ब्राजिल किन कमजोर बन्यो ?


काठमाडौँ, असार ४ । रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा चर्चामा रहेका देशहरुको खेल सुरुवाती चरणमा त्यति सन्तोषजनक देखिएन । अर्जेन्टिना, जर्मनी, पोर्चुगल जस्ता देशका चर्चित खेलाडीले त्यति राम्रो प्रर्दशन गर्न नसकेको चर्चा चलिरहेका बेला ब्राजिल पनि त्यसबाट अछुत रहन सकेन ।  यो पटकको उपाधिको प्रमुख दावेदारका रुपमा हेरिएको ब्राजिल  स्वीजरल्याण्डसँग बराबरीमा रोकिएपछि ब्राजिलको उपाधि रक्षा कठिन बनेको छ । ब्राजिललाई स्वीजरल्याण्डले १–१ गोलको बराबरीमा रोक्न सफल हुनुलाई ब्राजिलको कमजोर प्रस्तुतिका रुपमा हेरिएको छ ।  

विश्वका चर्चित क्लबहरुबाट खेल्ने स्टार खेलाडीले भरिएको ब्राजिललाई कडा चुनौती दिँदै स्विटजरल्यान्डले बराबरीमा रोकेर अंक खोस्न सफल भएको छ।
ब्राजिलका लागि स्पेनिस क्लब बार्सिलोनाबाट व्यवासयिक फुटबल खेल्दै आएका फिलिपे कोटिन्होले खेलको २० औँ मिनेटमा डी एरियाको केही बाहिरबाट उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए ।  

काउन्टर एट्याकका क्रममा स्विटजरल्यान्डको डी बक्सबाट बाहिरिएको बललाई उनले सीधै जालीको दिशा देखाएका थिए ।

पहिलो हाफमा १–० मा टुंगिएको अवस्थामा स्विटजरल्यान्डले दोस्रो हाफमा खेललाई बराबरीमा फर्कायो । उसका लाािग खेलको ५० औँ मिनेटमा स्टेभन जुबेरले हेडबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार