नेतृत्व छाडेको १० वर्षपछि नेपाललाई कार्यवाहकको जिम्मेवारी

नेतृत्व छाडेको १० वर्षपछि नेपाललाई कार्यवाहकको जिम्मेवारी


काठमाडौँ, असार ५ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेपछि पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी बरिष्ठ नेता माधव कुमार नेपाललाई दिइएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पत्नी सीता दाहालको स्वास्थ्य उपचारका लागि देश बाहिर रहेकाले नेपाललाई कार्यकाबाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । संविधान सभाको पहिलो निर्वाचनमा तत्कालिन नेकपा एमालेले नराम्रो हार बेहोरेपछि महासचिव पदबाट राजिनामा दिएका नेपालले पहिलोपटक कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् । ० ६४ साल अघिसम्म उनी शक्तिशाली महासचिव थिए । 
उनले राजिनामा दिएपछि झलनाथ खनालले महासचिवको जिम्मेवारी पाउनुभएको थियो । त्यसपछि बुटबलमा सम्पन्न आठौं महाधिवेशनबाट खनाल पार्टीको अध्यक्ष बने । खनाल अध्यक्ष रहेका बेला कार्यबाहकको जिम्मेवारी प्रायः अहिले संघीय समाजवादी फोरममा रहनुभएका तत्कालीन नेकपा एमालेका उपाध्यक्ष अशोक राईले पाउने गरेका थिए ।  

नवौं महाधिवेशनबाट केपी शर्मा ओली पार्टी अध्यक्ष निर्वाचित भएपछि पनि कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बामदेव गौतमले पाउँदै आएका थिए ।

त्यसैगरी कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानतथा रक्षामन्त्री इश्वर पोखरेलले पाएका छन् । यस अघि प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदा पनि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पोखरेलले नै पाएका थिए ।  

त्यस्तै पार्टीको संसदीय दलको नेताको जिम्मेवारी भने उपनेता सुबास नेम्बाङले पाएका छन् ।

संयोग नै भन्नुपर्छ नेपाल पोखरेल र नेम्बाङ तीनै जना एकीकरण अघिको तत्कालीन नेकपा एमालेका नेता छन् ।  
 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार