मिस नेपाल युएसमा जोडिए डेलिसी र श्रेष्ठ

मिस नेपाल युएसमा जोडिए डेलिसी र श्रेष्ठ
 
विश्व न्यूज संवाददाता
डलास (टेक्सस) । 
 
मिस नेपाल युएस २०१८ को तयारी तिव्र भएको छ । तयारीसँगैं मिस नेपाल युएस २०१८ सँग नेपालका लागि पूर्व अमेरिकी राजदुत  स्कट डेलिसी कार्यकारी निर्देशक रहेको सामाजिक संस्था  सोरवे फाउण्डेशनसँग परोपकार साझेदारी रहने भएको छ ।  
साझेदारी अन्र्तगत मिस नेपाल युएएस २०१८ को विजेतालाई सोरवे फाउण्डेशनको सद्भावना दुत नियुक्ती गरिने भएको छ । फाउण्डेशन नेपालको सहयोगमा सक्रिय रहदैं आएको छ । 
यस्तैं, मिस नेपाल युएस २०१८ को आधिकारीक फोटोग्राफरमा  राजिव श्रेष्ठलाई नियुक्त गरिएको छ । तीन दशकदेखि यो पेशामा संलग्न राजिव हाल अमेरिकाको मेरिल्याण्डमा वस्दैं आउनुभएको छ । 
यसअघि, आधिकारिक प्रशिक्षकमा पूर्व मिस नेपाल मलिना जोशी र आधिकारिक कोरियोग्राफरमा सुरेश मानन्धरलाई नियुक्त गरिएको थियो ।  सन् २०११ मा पहिलोपटक सम्पन्न भएको मिस नेपाल युएसको यो छैठौं संस्करण टेक्ससको डलासमा १९ अगस्तमा हुदैंछ ।    इभेन्ट प्लानेटले गर्दै आएको मिस नेपाल युएसको यो संस्करणमा नेपाल वन इन्टरटेइमेन्टको व्यवस्थापन रहेको कार्यक्रमका संस्थापक अमित शाहले जानकारी दिनुभयो । 
कार्यक्रमको विजेताले नगद ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । सन् २०११ मा न्यू योर्क शहरमा सम्पन्न पहिलो मिस नेपाल युएस सुन्दरी प्रतियोगिताबाट वासिङ्टन डिसीकि सुजिता बस्नेत प्रथम बिजेता बन्नुभएको थियो ।  
सन् २०१२ मा भर्जि्नियाकि आस्था श्रेष्ठ ,सन् २०१३ को तेश्रो प्रतियोगितामा बर्तिका राई ,सन् २०१४ मा न्यू योर्क शहरमा सम्पन्न चौंथो सुन्दरी प्रतियोगिताबाट ओहायो राज्यकी २७ बर्शिय खुश्बु मिश्र बिजयी बन्नुभएको थियो ।  त्यसैगरी, सन् २०१५ मा न्यू योर्क शहरमै सम्पन्न पााचौं सुन्दरी प्रतियोगिताबाट नर्थ क्यारोलिनाकि प्रियंका थपलिया बिजयी बन्नुभएको थियो ।
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार