सहकार्यमा एनआरएनए अभियन्ताहरुको जोड

सहकार्यमा एनआरएनए अभियन्ताहरुको जोड
 
विश्व न्यूज संवाददाता
डलास (टेक्सस) ।
नेपालको विकासमा गैर आवासीय नेपालीको सहकार्य जरुरी रहेको गैर आवासीय नेपाली संघका अभियन्ताहरुले बताउनुभएको छ । 
नेपालको संविधानले नैं गैर आवासीय नेपालीको अधिकारलाई सुनिश्चित गरिसकेको बताउदैं अभियन्ताहरुले अव देशको विकास र समृद्दिमा एनआरएनएहरुले सहकार्य गर्नुपर्नेमा बताउनुभएको हो । 
गैर आवासीय नेपाली संघ अमेरिका, टेक्सस च्याप्टरले गत बुधवार गरेको अन्तरक्रियामा सहभागि एनआरएनएका अभियन्ताहरुले सामुहिक तथा व्यक्तिगत रुपमा पनि नेपालमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाहरुले आर्थिक मात्र नभई आफ्नो सिप, क्षमता, अनुभव र विज्ञतालाई नेपालको विकासमा खर्चिनुपर्ने बताउनुभयो । 
संविधानले नैं एनआरएनएलाई दोहोरो नागरिकताको सुनिश्चित गरिसकेको अवस्थामा कुनैं व्यक्ति विशेषको अभिव्यक्तिमा अल्झिन नहुनेमा जोड दिदैं उहाहरुले बरु ऐन कानुन निर्माण क्रममा रहेकाले त्यसमा गम्भिर बन्नुपर्ने उल्लेख गर्नुभयो । 
टेक्सस च्याप्टर अध्यक्ष भानु खरेलको अध्यक्षता र महासचिव पदम ठकुराठीको संचालनमा भएको कार्यक्रममा एनआरएनए आइसिसीका पूर्व अध्यक्ष जिवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, सल्लाहकार डा. हेमराज शर्मा, प्रवत्ता भुषण घिमिरे लगायतले धारणा राख्नुभएको थियो ।
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार