पानामामाथि इङ्गल्यान्डको ६ गोल, जापान र सेनेगल बरावरी

पानामामाथि इङ्गल्यान्डको ६ गोल, जापान र सेनेगल बरावरी



एजेन्सी, असार १० । आइतबार भएको समूह जी अन्तर्गत विश्वकप खेलमा इङ्गल्यान्डले पानामामाथि ६–१ गोलको फराकिलो जीत निकाल्न सफल भएको छ ।

इङ्गल्याण्डका लागि टोली क्याप्टेन ह्यारी केनले पानामा विरुद्धको आजको खेलमा ह्याट्रिक (तीन गोल)को योगदान गरे  भने दुई गोल जोन स्टोनले गरेका छन् । एक गोल जेसी लिङगार्डले गरे ।  
इङ्गल्यान्डका लागि स्टोनले आठौँ मिनेट र ४० औँ मिनेटमा गरी दुई गोल तथा क्याप्टेन केनले खेलको २२ औँ र ४६ औँ र ६२ औँ मिनेटमा गरी तीन गोल गरेका थिए ।  लिङगार्डले ३६ औँ मिनेटमा गोल गरेका थिए ।  

पानामाका लागि शान्त्वना गोल खेलको ७८ औँ मिनेटमा फिलिप बलोयले गरेका थिए ।  

यससँगै दक्षिण अमेरिकी देश पानामा र अफ्रिकी मुलुक ट्यूनिसियाको यस पटकको विश्वकपमा अघि बढ्ने बाटो रोकिएको छ । तर इङ्ग्ल्याण्ड र बेल्जियमले भने अन्तिम १६ समूहमा खेल्न पाउने पक्का भएको छ ।

आइतबारको दोस्रो खेल एशियाली मुलुक जापान र अफ्रिकी मुलुक सेनेगलबीचको खेल बरावरीमा सकिएको छ ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार