चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष जानकारी

चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष जानकारी


काठमाडौँ, असार ११ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण र समसामयिक विषयबारे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जानकारी गराएका छन् ।  
प्रधानमन्त्री ओलीले राष्ट्रपति निवास शीतलनिवास पुगेर आफ्नो मित्रराष्ट्र चीनको छदिने औपचारिक भ्रमणबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका हुन् । राष्ट्रपति कार्यालयका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।  
चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही असार ५ गते प्रधानमन्त्री ओली चीन गएका थिए । भ्रमण सम्पन्न गरी ओली आइतबार स्वदेश फिर्ता भएका हुन् ।
क्जबचभ तजष्कस्

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार