मिस नेपाल युएसमा जोडिए डेलिसी र श्रेष्ठ

मिस नेपाल युएसमा जोडिए डेलिसी र श्रेष्ठ

डलास, टेक्सस । मिस नेपाल युएस २०१८ को तयारी तीव्ररुपमा अगाडि बढेको छ । तयारीसँगै मिस नेपाल युएस २०१८ सँग नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसी कार्यकारी निर्देशक रहेको सामाजिक संस्था सोरवे फाउण्डेशनसँग परोपकार साझेदारी रहने भएको छ । साझेदारीअन्तर्गत मिस नेपाल युएएस २०१८ को विजेतालाई सोरवे फाउण्डेशनको सद्भावना दूत नियुक्त गरिने भएको छ । फाउण्डेशन नेपालको सहयोगमा सक्रिय रहँदै आएको छ ।

यस्तै, मिस नेपाल युएस २०१८ को आधिकारिक फोटोग्राफरमा  राजीव श्रेष्ठलाई नियुक्त गरिएको छ । तीन दशकदेखि यो पेशामा संलग्न राजीव हाल अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका छन् ।

यसअघि, आधिकारिक प्रशिक्षकमा पूर्व मिस नेपाल मलिना जोशी र आधिकारिक कोरियोग्राफरमा सुरेश मानन्धरलाई नियुक्त गरिएको थियो । सन् २०११ मा पहिलोपटक सम्पन्न भएको मिस नेपाल युएसको यो छैटौं संस्करण टेक्ससको डलासमा १९ अगष्टमा हुँदैछ । इभेन्ट प्लानेटले गर्दै आएको मिस नेपाल युएसको यो संस्करणमा नेपाल वन इन्टरटेइमेन्टको व्यवस्थापन रहेको कार्यक्रमका संस्थापक अमित शाहले जानकारी दिए ।

विजेताले नगद ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । सन् २०११ मा न्यूयोर्कमा सम्पन्न पहिलो मिस नेपाल युएस सुन्दरी प्रतियोगिताबाट वासिङ्टन डिसीकी सुजिता बस्नेत प्रथम विजेता बनेकी थिइन् ।

सन् २०१२ मा भर्जिनियाकी आस्था श्रेष्ठ, सन् २०१३ को तेस्रो प्रतियोगितामा बर्तिका राई, सन् २०१४ मा न्यूयोर्क शहरमा सम्पन्न चौथो सुन्दरी प्रतियोगिताबाट ओहायो राज्यकी २७ वर्षीया खुश्बु मिश्र विजयी भएकी थिइन् । त्यसैगरी, सन् २०१५ मा न्यूयोर्कमै सम्पन्न पाँचौं सुन्दरी प्रतियोगिताबाट नर्थ क्यारोलिनाकी प्रियंका थपलिया विजयी बनेकी थिइन् । 

यसैबीच, न्यूयोर्कमा आयोजित एक कार्यक्रममा मिस नेपाल युएस २०१३ की विजेता बर्दिका इम राईलाई मिस युनिभर्स १९९४ की विजेता सुस्मिता सेनले महिला सशक्तीकरण अवार्डद्वारा सम्मान गरेका छन् ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार