न्यूयोर्कमा राईहरुले मनाए साकेला

न्यूयोर्कमा राईहरुले मनाए साकेला

न्यूयोर्क । युनाइटेड किराँत राई सोसाइटी अफ अमेरिका (युक्रा) न्यूयोर्क च्याप्टरले किराँत राईहरुको महान् चाड साकेला (उभौली) मनाएको छ । न्यूयोर्क आसपासमा बस्ने राईहरु र नेपालीको सहभागितामा शनिबार क्विन्सब्रिज पार्कमा साकेला मनाएका हुन् । साकेला दिउँसो २ बजे किराँत परम्पराअनुसार पूजा गरी सुरु गरिएको थियो । साकेला मनाउनका लागि न्यू ह्यामसायर, मेरिल्याण्ड र कोलोराडो लगायत राज्यबाट किराँत राईहरु सहभागी भएका थिए । केही समयअघि किरात राई सोसाइटी अफ अमेरिकाले पनि उभौली पर्व मनाएका थिए ।

कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष मानबहादुर रानामगर र अमेरिकाका लागि नेपालका वाणिज्यदूत क्रिसु क्षेत्रीको सहभागिता थियो ।

उभौली र उधौली गरी साकेला पर्व वर्षको दुई पटक मनाइन्छ । उभौली गर्मी लाग्दै गर्दा र उधौली जाडो लाग्दै गर्दा मनाइने गरिन्छ । मौसम परिवर्तनसँगै गर्मी छल्न पहाडतिर उक्लने र जाडो छल्न तराईतिर झर्ने अभ्याससँग साकेला जोडिएको छ । प्रकृतिपूजक किराँत राई समुदायले साकेलामा नाचका माध्यमबाट संसार र आफ्नो उत्पति तथा प्रकृतिसँग सम्बन्धको कथा भन्ने र सुन्ने गर्छन् ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार