आउट अफ स्टाटस अवस्थामा एच–४ भिसा प्राप्त गर्न सक्छु ?

आउट अफ स्टाटस अवस्थामा एच–४ भिसा प्राप्त गर्न सक्छु ?
रमेश श्रेष्ठ

मेरो अप्सनल प्राक्टिकल ट्रेनिङ (ओपीटी) एक्सपायर भएको ४ महिना भयो र आउट अफ स्टाटस भएकी छु । भर्खरै १५ दिनअघि मेरो विवाह भयो । मेरो श्रीमान् एच–१बी स्टाटसमा हुनुहुन्छ । सुनेअनुसार विवाहको आधारमा एच–४ डिपेन्डेन्ट भिसा मैले प्राप्त गर्न सक्छु रे । तर, आउट अफ स्टाटस भएकाले अमेरिकाभित्र नै स्टाटस प्राप्त गर्न नमिल्ने भएकाले नेपाल फर्कनुपर्छ भन्ने सुने । मेरो यो अवस्थामा के गर्दा मैले एच–४ भिसा प्राप्त गर्न सक्छु र कुन प्रक्रिया मेरो लागि उपयुक्त हुन सक्छ होला ? धेरै चिन्ता परेकोले यहाँलाई यो प्रश्न राखेकी छु । तपाईंको सुझाव पाए धेरै आभारी हुने थिएँ । धन्यवाद ।

– कविता, अमेरिका

अप्सनल प्राक्टिकल ट्रेनिङ (ओपीटी)को म्याद समाप्त भएपछि दुई महिनाको ग्रेस पिरियड (ओपीटी+६० डेज) पाउने कानूनी व्यवस्था छ । ६० दिनको ग्रेस पिरियडमा तपाईंले काम गर्न पाउनुहुने छैन, तर युएसएमा लिगल्ली नै बस्न सक्नुहुनेछ । यो आधारमा तपाईंको ओपीटीको म्याद ४ महिना अगाडि एक्सपायर भए पनि ६० दिनको ग्रेस पिरियडको कारण तपाईं आउट अफ स्टाटस भएको २ महिना मात्र भएको देखिन्छ । युएस इमिग्रेसन ल अनुसार १८० दिनभन्दा बढी, १ वर्षभन्दा कम युएसमा आउट अफ स्टाटस अथवा इलिगल भएर बसेपछि युएसए छाडेर गएमा ३ वर्षसम्मका लागि इनएडमिसिबल अर्थात् कुनै पनि ननइमिग्रान्ट वा इमिग्रान्ट भिसामा युएसमा पुनः प्रवेश गर्न वा प्रवेश गरे पनि चेन्ज अफस्टाटस वा एडजष्टमेन्ट स्टाटस गर्न सकिने छैन । १ वर्षभन्दा बढी समय इलिगल वा अनलफुल्ली युएसमा बसेको भए १० वर्षसम्म माथि भनिएको इनएड्मिसिबिलिटी लागू हुन सक्छ ।

तपाईंको हकमा अहिले २ महिना मात्र तपाईंले अनलफुल प्रिजेन्स एक्रु गर्नुभएकोले उक्त ३÷३० वर्षको इनएडमिसिबिलिटीको बार तपाईंमा लागू हुने छैन । त्यसैले यो अवस्थामा यदि तपाईंको श्रीमान्को एच–१बी भ्यालिड छ र भविष्यमा पनि यसको भ्यालिडिटी कन्टिन्यू हुने स्थिति प्रष्ट भए सक्दो छिटो तपाईंले नेपाल फर्की युएस एम्बेस्सी नेपालमा श्रीमान्को एच–१बी को आधारमा एच–४ भिसाका लागि एप्लाई र्ग सक्नुहुनेछ । युएस एम्बेस्सीमा भिसाका लागि एप्लाई गर्दा तपाईंको विवाहको कागजपत्र श्रीमान्को एच–१बी भिसाको कागजपत्र करेन्ट जब लेटर, पे–स्टाटस र अन्य सम्बन्धित ओरिजिनल डकुमेन्ट्स लिएर जाने सुझाव छ । तपाईंले यी माथि उल्लेख भएका अनलफुल प्रिजेन्सको इस्यूबाहेक अन्य भिसासम्बन्धी समस्याहरु नभएको खण्डमा र आवश्यक कागजपत्रहरु युएस कन्सुलेट अफिसमा पेश गर्नुभएको खण्डमा एच–४ भिसा प्राप्त गर्न सक्नुहुनेछ ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार