१३ वर्षमै प्रेम प्रस्ताव आएको थियो— ऋचासिंह ठकुरी

१३ वर्षमै प्रेम प्रस्ताव आएको थियो— ऋचासिंह ठकुरी

एकताका नेपाली चलचित्र क्षेत्रमा निकै चर्चामा आएर हराएकी नायिका ऋचासिंह ठकुरी फेरि सक्रिय हुन थालेकी छन् । गजेन्द्र थापासँग विवाह गरेपछि नेपाली चलचित्र क्षेत्रबाट टाढिएकी ठकुरी फेरि चलचित्र क्षेत्रमा सक्रिय भूमिकामा देखिन थालेकी छन् ।

आफ्नै लगानीमा चलचित्र निर्माण गरेकी उनलाई अब फेरि अर्को चलचित्रमा देख्न सकिने भएको छ । उनले अभिनय गरेको यो पागल मन नामक चलचित्र केही दिनमा सार्वजनिक हुने भएको छ । दर्शकको मायाले आफूलाई फेरि चलचित्र क्षेत्रमा फर्किन बाध्य बनाएको उनले बताएकी छन् ।

मेकअपमा खासै ध्यान नदिने उनले लिपिस्टिक, परफ्यूम र सनक्रिम भने छुटाउँदिनन् । नायिका ऋचालाई वान पिस मन पर्छ । फेरि एक पटक जीवन लुइँटेलसँग चलचित्रमा स्क्रिन सेयर गर्न मन लागेको उनले बताएकी छन् । विवाहपछि आउने प्रेम प्रस्तावका विषयमा मुख नखोलेकी उनले आफूलाई १३ वर्षको उमेरमा पहिलो प्रेम प्रस्ताव आएको उनले बताएकी छन् ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार