ह्यारी भण्डारी प्राइमरी निर्वाचनमा विजयी

ह्यारी भण्डारी प्राइमरी निर्वाचनमा विजयी

मेरिल्याण्ड । नेपाली मूलका ह्यारी भण्डारी मेरिल्याण्डको डिष्ट्रिक्ट ८ बाट प्राइमरी निर्वाचनमा विजयी भएका छन् । डेमोक्र्याट पार्टीका तर्फबाट स्टेट डेलिगेट्स पदको प्राइमरी निर्वाचनमा उनले सफलता हात पारेका हुन् । योसँगै अमेरिकामा प्राइमरी निर्वाचनमा विजय भएर उक्त पदमा चुनाव लड्ने ह्यारी पहिलो व्यक्ति बनेका छन् ।

मंगलबार सम्पन्न निर्वाचनमा डेमोक्र्याट पार्टीका एरिक ब्रह्मवेल ज्याक्सन र ह्यारीले आगामी निर्वाचनमा डेमोक्र्याट पार्टीका तर्फबाट निर्वाचनमा भाग लिनेछन् । आगामी नोभेम्बर महिनामा हुने निर्वाचनमा डेमोक्र्याट पार्टीका तर्फबाट स्टेट डेलिगेट्समा उनको उम्मेदवारी कायम भएको छ ।

मेरिल्याण्डको डिष्ट्रिक्ट ८ डेमोक्र्याट पार्टीको बर्चस्व रहेको स्थानसमेत हो । पर्वतमा जन्मिएका ह्यारीले भने– ‘यो हामी सबैका लागि गौरवको विषय हो । अब हाम्रो ध्यान राष्ट्रिय चुनावमा केन्द्रित हुनेछ ।’ यो सफलताले नेपालीहरुका लागि अमेरिकी मूलधारको राजनीतिमा प्रवेश गराउने एउटा कोसेढुंगा साबित हुने उनले बताए ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार