बुबाआमासँगै भाइलाई ल्याउन मिल्छ ?

बुबाआमासँगै भाइलाई ल्याउन मिल्छ ?

मैले आफ्नो बुबाआमालाई फेमिली पेटिसनमार्फत यहाँ ल्याउन लागिरहेको छु । मैले भाइहरुका लागि पनि युएससीआईएसमा पेटिसन फायल गरिसकेको छु । मेरो कान्छो भाइको उमेर अहिले २० वर्ष मात्र रहेको छ । मैले बुबाआमालाई अमेरिका ल्याउँदा २१ भन्दा कम उमेरको उहाँहरुको सन्तानलाई पनि ल्याउन पाइन्छ भन्ने सुनेको छु । यो साँचो हो भने मैले मेरो २० वर्षीया भाइलाई बुबाआमासँगै ल्याउन मिल्छ कि मिल्दैन ? यदि मिल्छ भने कसरी मिल्छ होला ?

– सुधा, मेरिल्याण्ड

 

सुधाजी, अमेरिकी अध्यागमनको नियमअनुसार युएस सिटिजनले आफ्नो नातेदारहरुमध्ये बुबाआमा र दाजुभाइ, दिदीबहिनीलाई पनि ग्रीनकार्डका लागि फेमिली पेटिसन युएससीआईएसमा पेश गर्न सकिनेछ । बुबाआमा, लोग्ने–स्वास्नी र २१ वर्षभन्दा मुनिका बच्चाहरु, नजिकको नातेदार वा इमिडियट रिलेटिभको क्याटगोरीमा पर्दछन् । यी इमिडियट रिलेटिभ (आईआर) क्याटगोरीमा भिसाको कोटा नहुने वा पर्खनु नपर्ने नभएकाले ग्रीनकार्डको भिसा करेन्ट वा सधैं उपलब्ध रहनेछ । तर, युएस सिटिजनको दाजुभाइ वा दिदीबहिनीहरु फोर्थ प्रिफरेन्समा पर्ने भएको र भिसाको पालो आउने अर्थमा सबैभन्दा तल्लो क्याटगोरीमा पर्ने हुन्छ । यो भिसा प्रिफरेन्सको कारणले गर्दा दाजुभाइ, दिदीबहिनीहरुलाई १०–१२ वर्षसम्म भिसा पाउन पर्खनुपर्ने स्थिति रहन्छ । तर, इमिडियट रिलेटिभको हकमा ६ महिनादेखि १ वर्षसम्ममा ग्रीनकार्ड प्राप्त गर्न सक्ने पनि हुन सक्छ ।

तपाईंको केसमा तपाईंको बुबाआमाको भिसा पेटिसन प्रोसेस गर्दा तपाईंको भाइ २० वर्ष वा कम उमेर भए तापनि तपाईंको बुबाआमाको नाबालक बच्चा वा छोराको हैसियतले उहाँले ग्रीनकार्ड पाउन सक्नु हुने छैन । यसको मुख्य कारण हो, तपाईंको बुबाआमा तपाईंको निवेदन अर्थात् छोरीले पेश गरेको निवेदनको आधारमा युएस सिटिजनको बाबुआमाको हैसियतले अमेरिकाको पर्मानेन्ट रेसिडेन्ट स्टाटस वा ग्रीनकार्ड प्राप्त गर्न गइरहनुभएको हो । यस अवस्थामा तपाईंको भाइ २१ वर्षभन्दा मुनि वा अध्यागमनको नियमअनुसार नाबालक भए तापनि तपाईंको निवेदनको आधारमा ग्रीनकार्ड पाउन सक्नुहुने छैन । कारण यथार्थमा यो हुन आउँछ कि फोर्थ प्रिफरेन्स क्याटगोरीको रिलेटिभ वा नातेदार इमिडियट रिलेटिभसरह ग्रीनकार्ड प्राप्त गर्न पुग्नेछ । युएस इमिग्रेसन ल ले दाजुभाइ, दिदीबहिनीका लागि छुट्टै प्रिफरेन्स क्याटगोरी बनाएकाले यो ब्याकडोरबाट हुन सक्ने अध्यागमनसम्बन्धी अनियमिततालाई रोक्ने स्पष्ट नीति बनाएको छ ।

त्यसैले तपाईंको बुबाआमाले ग्रीनकार्ड प्राप्त गर्दा तपाईंको कान्छो भाइ २० वर्षको मात्र भए पनि उहाँले बुबाआमासँगै ग्रनिकार्ड प्राप्त गर्न सक्नुहुने छैन । तपाईंले सुन्नुभएको कुरा सत्य नभएर मात्र अडकलमा आधारित अफवाह जस्तो मात्र देखिन्छ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार