एफ वन विद्यार्थीलाई काम गर्ने सुविधा थप

एफ वन विद्यार्थीलाई काम गर्ने सुविधा थप

टेक्सस । नेपालमा सन् २०१५ मा गएको भूकम्पका कारण अमेरिकामा एफ वन भिसामा रहेका नेपाली विद्यार्थीलाई दिइएको काम गर्ने सुविधा थप गरिएको छ । अमेरिकामा बस्दै आएका तर स्थायी कागजातविहीनका लागि लाभदायक टीपीएस सुविधा जस्तै– एफ वन विद्यार्थीका लागि डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्युरिटीले इकोनोमिक हार्डसिप सेवा प्रदान गर्दै आएको थियो ।

टीपीएस अन्तिम पटक नवीकरण गर्ने निर्णय गरेको होमल्याण्ड सेक्युरिटीले एफ वन भिसामा रहेका नेपाली विद्यार्थीलाई दिइएको इकोनोमिक हार्डसिपको सुविधा आउँदो जुन २४, २०१९ सम्मलाई थप गरेको हो ।

भूकम्पका कारण नेपालबाट अमेरिकामा पैसा पठाएर सन्तान पढाउन गाह्रो हुने मानवीय संवेदनालाई ख्याल गरी टीपीएसमा जान नचाहने तर एफ वनमै रहेर पूर्ण रुपमा काम गर्न पाऊँ भनी दिने निवेदकका हकमा यो सुविधा जारी गरिएको थियो । यो सुविधा जुन २८, २०१८ देखि जुन २४, २०१९ का लागि थप गरिएको हो ।

अप्रिल २५, २०१५ मा नेपालमा गएको भूकम्पका कारण अमेरिकाले टीपीएसबाहेक पनि यहाँ रहेका नेपाली विद्यार्थीका लागि काम गर्ने अनुमति प्रदान गर्ने गरी इकोनोमिक हार्डसिप रिलेटिङ सब्जेक्टमा यो सुविधा दिँदै आएको थियो । इमिग्रेसन एटर्नी विनोद रोकाले भने– ‘अहिले त्यो अवधि थपिएको छ । यसले एफ वन नन इमिग्रेन्ट भिसामा रहेका नेपाली विद्यार्थीहरुले लाभ लिन सक्नेछन् ।’

यो सुविधा पहिला उपयोग गरेकादेखि नयाँले समेत यो सुविधामा टेकेर निवेदन दिन पाउनेछन् । यसले नेपाली विद्यार्थीलाई काम गरी आर्थिक उपार्जनमा समेत सघाउ पुग्नेछ, तर यो सुविधा उपयोग गरिरहँदा एफ वन भिसालाई भने मेन्टेन गर्नुपर्नेछ ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार