अमेरिकामा ‘भाग्यले बाँचेकाहरु’

अमेरिकामा ‘भाग्यले बाँचेकाहरु’
विश्वन्यूज संबाददाता
न्यूयोर्क  । 
बृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेक: हिरोज, सभाईभर्स एण्ड मिराकल्स) अमेरिकामा प्रदर्शन गरिने भएको छ । 
अमेरिकाको न्यूयोर्क लगायतका शहरमा आगामी दुई साता ‘भाग्यले बााचेकाहरु’ प्रदर्शन गर्न लागिएको अहिले अमेरिकामा रहेका ‘भाग्यले बााचेकाहरु’का निर्देशक गणेश पाण्डेले जानकारी दिए । 
युनाइटेड शेर्पा एशोशिएशनको आयोजनामा यही जुलाई १५ तारिख ३ बजे र जुलाई २० तारिख बेलुकी सााढे ७ बजे ‘भाग्यले बााचेकाहरु’को प्रदर्शनीका लागि समय तय भएको छ । शेर्पा केदुङ हल ज्याक्शन हाइटमा हुने शोमा नेपाली तथा विदेशी नागरिकहरुको सहभागिता हुने आयोजक युनाइटेड शेर्पा एशोसिएशनका उर्गेन शेर्पाले जानकारी दिए । ‘दर्जन भन्दा अन्तर्राष्ट्रिय अवार्ड जितेको तथा १३ वटा विश्व भाषामा अनुवाद भएको यो वृत्तचित्र न्यूयोर्कबासी माझ प्रस्तुत गर्न पाउादा हामी खुसी छौा, यो वृत्तचित्र हेर्न नेपालीहरुको व्यापक उपस्थिति हुनेछ आशा छ ।’– उनले भने ।  
यस्तैं, जुलाई ११ मा मेरिल्याण्डको वाल्टिमोरमा तथा  अमेरिका अन्य शहरमा समेत प्रर्दशन गरिने तयारी गरिएको बताइएको छ । 
नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा बााच्न सफल नेपालीको कथामा बनेको वृत्तचित्र ‘भाग्यले बााचेकाहरु’ले सन् २०१५ मा अमेरिकाको उइस्कन्सिन युनिभर्सिटी मेडिसन र सिटी युनिभर्सिटी न्यूयोर्कमा प्रदर्शन भएको थियो । यसैगरी, सन् २०१७ मा अमेरिकाको एटलान्टा राज्यमा भएको मेरियटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘भाग्यले बााचेकाहरु’ले उत्कृष्ट वृत्तचित्रको अवार्ड जितेको थियो । काठमाडाां अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा पहिलो भएपछि विश्वयात्रा आरम्भ गरेको यस वृत्तचित्र फिल्मले अहिलेसम्म १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको निर्देशक पाण्डेले बताए ।  
साइन मिडिया प्रालिका तर्फबाट शारदा गैरेले निर्माण गरेको यस डकुमेन्ट्रीको छायााकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार