आज डलास नचाउँदैं द एक्स ब्याण्ड

आज डलास नचाउँदैं द एक्स ब्याण्ड
विश्व न्यूज संवाददाता
डलास । 
टेक्ससको अर्विङमा द एक्स ब्याण्डको आज सांगितिकि प्रस्तुती हुने भएको  छ । २५ वर्षदेखि नेपालको सांगितिक क्षेत्रमा रहेको ब्याण्डले आफ्नो पहिलो अमेरिका भ्रमणमा क्रममा अर्विङमा प्रस्तुती दिन  लागेको हो ।  राष्ट्रियता देखि लिएर मायाँ प्रितिका चर्चित गितहरु नेपाली संगित वजारमा दिएको यो ब्याण्डले आफ्नो रजत वर्ष मनाइरहेको अवसरमा अर्विङमा प्रस्तुती गर्न लागेको हो । 
अमेरिकाको चर्चित सांगितिक प्रस्तुती स्थलको रुपमा चिनिने टोयोटा म्युजिक फ्रेक्ट्रीमा गर्न लागिएको महोत्सवमा सबैं उमेर समुहलाई सन्तुष्ट पार्ने गरी झण्डैं १५ वटा गित प्रस्तुत गरिने ब्याण्डका शिव मुखियाले जानकारी दिए । रक विधा लगायतका गायन विधा मार्फत छुट्टैं छाप छोडेको यो ब्याण्डको प्रस्तुतीले दर्शकलाई भरपुर मनोरञ्जन दिनेमा आफु पूर्ण विश्वस्त रहेको आयोजक मध्येका एक रायन रेजले बताए । 
सांगितिक महोत्सवको रुपमा गर्न लागिएको सांस्कृतिक कार्यक्रममा चर्चित गायक तथा वाद्यवाधक श्याम नेपाली लगायत अमेरिकाको टेक्सससहीत विभिन्न राज्यमा रहेका ब्याण्ड तथा कलाकारहरुको प्रस्तुती महोत्सवमा रहने भएको छ । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार