बुटवलमा आरम्भ रिसोर्ट

बुटवलमा आरम्भ रिसोर्ट
बिश्व न्यूज संवाददाता
बुटवल । 
नेपालको पूर्व पश्चिम लोकमार्गको मध्यभागमा पर्ने रुपन्देहीको बुटवलमा अर्को आधुनिक सुविधा सहीतको रिसोर्ट संचालनमा आएको छ । पछिल्लो समय विकसित शहरको सूचीमा अगाडि बढिरहेको बुटवलमा व्यवसायिक प्रतिष्ठानहरु खुल्ने क्रम समेत बढिरहँदा आरम्भ रिसोर्ट संचालनमा आएको हो । 
अन्तराष्ट्रिय पर्यटकीय स्थल लुम्वनीको नजिकमा रहेको बुटवलको ढवाहामा खोलिएको रिसोर्टमा १ सय ४० जना शेयर सदस्य रहेको पब्लिक लिमिटेड कम्पनी मार्फत २५ करोड लगानी गरिएको छ । ४ विघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा हाल ९ वटा वातानुकुलित कोठा, स्वीमिङ पुल, कन्फ्रेन्स हल, पार्टी प्यालेस रहेको  र एक वर्ष भित्र ५० वटा कोठा र २ वर्ष भित्र १ सय वटा कोठा तयार गर्ने लक्ष्य राखिएको संचालक गोपाल पाण्डेले जानकारी दिए । 
प्रदेश नं ५ का प्रदेश पर्यटन मन्त्री लिला गिरीले उद्घाटन गरेको सो रिसोर्टमा हाल ४७ जनाले रोजगारी  पाएको बताउदैं संस्थाका अध्यक्ष बाबुराम महतले पर्यटन प्रवद्दनमा समेत रिसोर्टले योगदान दिने विश्वास व्यक्त गरे । सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा समेत मनाउदैंछ । 
रिसोर्टमैं ब्याचलर इन होटल म्यानेजमेण्टको समेत अध्यापन गराइने भएकाले यो क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न प्रयोगात्मक शिक्षा सहीतको व्यवस्था मिलाउने आरम्भको प्रयास रहेको आरम्भ ग्रुप अन्तर्गतकैं वेष्टर्न मेघा कलेजका अध्यक्ष मेघराज पन्तले जानकारी दिए । 
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार