जुलाई १५ देखि एनएसटीको समर क्याम्प

जुलाई १५ देखि एनएसटीको समर क्याम्प
 
विश्व न्यूज संवाददाता
डलास (टेक्सस) । 
नेपाली बालबालिकालाई लक्षित गरी नेपाली समाज टेक्सस (एनएसटी) ले जुलाई १५ देखि समर क्याम्प फर किड्स गर्न लागेको छ । अतिरिक्त क्रियाकलापमा बालबालिकालाई अग्रसर गराउने उद्देश्यसहीत समाजले समर क्याम्प गर्न लागेको हो । 
ज्ञानगुनका शिक्षा प्रदान गर्नुका साथैं बालबालिकामा सामुहिक कार्यको विकास गराउन उपयोगी बन्ने अपेक्षा लिइएको समर क्याम्प आउदो जुलाई २९ सम्म चल्ने छ । 
चार वर्षदेखि चौध वर्ष उमेर समुहका वालबालिकाले सहभागिता जनाउन सक्ने क्याम्पमा आध्यात्मिक ज्ञान, नैतिक शिक्षाका साथैं नृत्य, गायन, वक्तृत्कला, पत्र लेखन, नेतृत्व विकास, सकारात्मक सोंच निर्माणका सन्दर्भमा कक्षाहरु संचालन हुने क्याम्प कोर्डिनेटर आयशा ओझाले जानकारी दिइन् । 
सामाजिक सेवामा समेत बालबालिकालाई रुची बढाउन लागि क्याम्पकैं क्रममा सामाजिक संस्थाहरुको भ्रमण गराइने उनले बताइन् । बालबालिकाको चाहना अनुरुपनैं क्याम्पमा गतिविधिहरु संचालन गरिने बताउदैं आयशाले फुटवल, सकर, पजल कम्पिटिशनलगायतका कार्यक्रम समेत संचालन हुने र वाटरपार्क जस्ता मनोरञ्जन स्थलमा समेत लनिे जनाइन् । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार