कति उमेरसम्म एच–४ भिसा निवेदनका लागि योग्य हुन्छन् ?

कति उमेरसम्म एच–४ भिसा निवेदनका लागि योग्य हुन्छन् ?
रमेश श्रेष्ठ

मेरो दिदी र उसको परिवारका लागि एफ–४ भिसाका लागि पेटिसन पेश गर्ने विचार गरिरहेको छु । उहाँको दुई जना छोरीहरु अहिले १६ र १७ वर्षकी छिन् । कुन उमेरको हदसम्म उनीहरु एच–४ को भिसा निवेदनमा सम्मिलित गर्नका लागि योग्य हुनेछन् । अहिले म अमेरिकी नागरिकता प्राप्त गर्ने प्रक्रियामा गइरहेकी छु । मेरो प्रश्नको उत्तर पाएमा कृतघ्न हुने थिएँ । धन्यवाद ।

– वीणा थापा, न्यूयोर्क

अमेरिकी अध्यागमन नियमअनुसार युएस सिटिजनहरुले आफ्नो साख्खे (बायोलोजिकल) दाजुभाइ वा दिदीबहिनीहरुका लागि रिलेटिभ पेटिसन (आई–१३०) फायल गर्न पाउनेछन् । आई–१३० पेटिसन स्वीकृत भएमा र इमिग्रान्ट भिसा करेन्ट वा उपलब्ध हुन आएमा उक्त ब्रदर्स÷सिस्टर्स र उनीहरु विवाहित भएको खण्डमा उनीहरुका श्रीमान् वा श्रीमती र नाबालक (२१ वर्षभन्दा मुनि) बच्चाहरुले पनि ग्रीनकार्ड प्राप्त गर्न सक्नेछन् । यस भिसा क्याटगोरीलाई फोर्थ प्रिफरेन्स फेमिली पेटिसन पनि भनिन्छ । यो भिसा क्याटगोरी सबैभन्दा तल्लो तहको भिसा पेटिसन क्याटगोरी हो । फलस्वरुप यसअन्तर्गत प्राप्त हुने भिसाको कोटा पनि अन्य क्याटगोरीभन्दा थोरै हुने भएको र निवेदनहरु पनि बढी संख्यामा पर्न गएकाले यसअन्तर्गत भिसा प्राप्ःत गर्नका लागि धेरै समय लाग्ने हुन्छ ।

अब तपाईंको केसमा सर्वप्रथम तपाईं युएस सिटिजन बन्नुपर्ने हुन्छ । तपाईंको दिदीका छोरीहरुको उमेर जति नै भए पनि उनीहरुको नाम तपाईंको आई–१३० पेटिसनमा राख्नुपर्ने हुन्छ । तर, यो एफ–४ पेटिसन अन्तर्गत भिसा वा ग्रीनकार्ड प्राप्त गर्न अहिलेको स्थितिमा ११ वर्ष वा सोभन्दा बढी लाग्ने अवस्था भएकाले तपाईंको दिदीका लागि भिसा बुलेटिनमा उपलब्ध हुँदासम्म तपाईंको दिदीको छोरीहरु २१ वर्ष वा सोभन्दा बढी भइसकेका हुनेछन् । त्यस अवस्थामा ती छोरीहरुले उनीहरुको आमासँगै उमेरको हदबन्दीका कारण ग्रीनकार्ड प्राप्त गर्न अयोग्य हुनेछन् । त्यसैले पेटिसन फायल गर्ने बेलामा रहेको उमेरभन्दा पनि भिसा प्राप्त गर्ने बेलाको हुन आउने उमेरलाई ध्यान दिनुपर्ने हुन्छ ।

त्यसैले भविष्यमा जे जस्तो अवस्था आइपरे पनि तपाईंले युएस सिटिजनसिप प्राप्त गरेपछि ढिलो नगरी आई–१३० पेटिसन आफ्ना नातेदारहरुका लागि युएससीआईएसमा पेश गर्न सुझाव छ ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार