पत्रकार दाहाललाई सहयोग अपिल

पत्रकार दाहाललाई सहयोग अपिल
पत्रकार सरोज दाहाल ।

न्यूयोर्क । सानफ्रान्सिस्कोमा दुई साताअघि सम्पन्न गैर आवासीय नेपाली (एनआरएनए) विज्ञ सम्मेलनमा भाग लिन आएका पत्रकार सरोज दाहाल गम्भीर बिरामी परेपछि सहयोग संकलन अभियान सुरु गरिएको छ । गैरआवासीय नेपाली संघ अमेरिकाको क्यालिफोर्निया च्याप्टरको अगुवाइमा गोफन्डमीमार्फत दाहालको उपचारका लागि आर्थिक सहयोग संकलन थालनी गरिएको हो ।

टाउकोमा अचानक समस्या देखिएपछि दाहाल लस एन्जलसस्थित मेडिकल कलेजमा भर्ना भएका थिए । अहिले उनले दैनिक १ हजार ३ सय अमेरिकी डलर बराबरको औषधि खरिद गर्नु परिरहेको छ । साथै, अस्पतालको बिलसमेत लाखौं डलर पुगिसकेको छ । दाहालको आर्थिक क्षमताले धान्नेभन्दा उपचार खर्च धेरै माथि पुगिसकेको हुँदा सहयोग संकलन थालिएको एनआरएनए क्यालिफोर्नियाले जनाएको छ । च्याप्टरले गोफन्डमीमा गएर सक्दो सहयोग गरिदिन अमेरिकामा रहेका सबै नेपालीलाई हार्दिक अनुरोधसमेत गरेको छ ।

दाहालले गैरआवासीय नेपाली संघले लामो समयदेखि उठाउँदै आएको नेपाली नागरिकता निरन्तरताको मागमा महत्वपूर्ण सहयोग पु¥याएका छन् । नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान समावेशका लागि राजनीतिक दलहरुबीच सहमति कायम गर्न उनले खेलेको भूमिकालाई एनआरएनए नेतृत्वले उच्च कदर गरेको थियो । नेपाल एफएम, हिमाल खबर पत्रिका लगायत मिडियामा काम गरेका दाहाल पछिल्लो समय ओएनएसन्यूज (आउटलाइन मिडिया) डटकमका सम्पादक छन् ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार