डिनर खाऊँ, सहयोग गरौं अभियान

डिनर खाऊँ, सहयोग गरौं अभियान

कोलोराडो । नेपालका हात गुमाएका बालबालिकालाई सहयोग गर्ने उद्देश्यले कोलोराडोमा ‘डिनर खाऊँ, सहयोग गरौं’ कार्यक्रम सम्पन्न भएको छ ।

ई–नेबल क्यानडा र ई–नेबल नेपालको सहयोगार्थ लङमन्ट हिमालयज लायन्स क्लबद्वारा आयोजित सो कार्यक्रम निशुल्क नक्कली हात वितरण गर्ने उद्देश्यले आर्थिक सहयोग संकलन गरिएको हो ।

नेपालमा कठिन जीवन बाँचिरहेका अंग गुमाएका बालबालिकालाई निशुल्क नक्कली हात वितरण गर्न लागिएको क्यानडा निवासी इन्जिनियर तथा ई–नेबल क्यानडाका कोर्डिनेटर ऋषि श्रेष्ठले क्यानडाबाट लाइभ भिडियोमार्फत बताएका थिए । प्लाष्टिकको अत्याधुनिक, सामान्य क्रियाकलापसमेत गर्न सहयोग पुग्ने नक्कली हात २४ घण्टाभित्र वितरण गर्न सकिने उनले बताए ।

लङमन्टस्थित एभरेष्ट रेष्टुरेन्टमा आयोजित कार्यक्रममा १ हजार ३ सय डलर संकलन भएको बताउँदै लङमन्ट हिमालयज लायन्स क्लबका तत्कालीन अध्यक्ष प्रमोद श्रेष्ठले यस कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । हाम्रो सानो सहयोगले कसैको भविष्य उज्ज्वल बनाउन सकिने पुण्य कार्यमा दिल खोलेर सहयोग गर्न उनले सबैलाई आग्रह गरेका छन् ।

ई–नेबल क्यानडा र ई–नेबल नेपालको संयुक्त आयोजनामा यहि जुलाई महिनामा काठमाडौंमा उक्त नक्कली हातहरु बनाएर वितरण गरिने बताइएको छ । कार्यक्रममा किड साइड चेयर एमडी ६ कोलोराडोका होली रुथफोर्ड, डिष्ट्रिक्ट गभर्नर ६ सेन्ट्रलका रिक आरगोटसिंगर, लायन्स ६ नर्थइष्टका पास्ट डिष्ट्रिक्ट गभर्नर केननोर गिल, फष्ट भाइस गभर्नर मिसेल मिकग्यालेन, ग्लोबल मेम्बर चेयरपर्सन देवमेण्डल हल, जोन चियरपर्सन जोशन श्रेष्ठ लगायतको उपस्थिति थियो ।

 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार