प्रधानमन्त्रीको निर्देशन, पुरिएलान त काठमाडौँका खाल्टाखुल्टी ?

प्रधानमन्त्रीको निर्देशन, पुरिएलान त काठमाडौँका खाल्टाखुल्टी ?


काठमाडौँ, असार २७ ।  वर्षासँगै देशभरका सडकमा आएको दूरावस्था तथा उपत्यकाका सडकमा बनेका खाल्डाखुल्डीको उचित व्यवस्थापन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले तत्परता देखाएका छन् ।   
काठमाडौं भित्रने मुख्य नाकाहरु कलंकी÷नागढुंगा, चावहील÷साँखु, बल्खु÷चोभारलगायतका सडक दूरावस्थाका बारेमा पनि उहाँले चासो देखाएका हुन् । 

प्रधानमन्त्री ओलीले ती सडकका काम छिटो सम्पन्न गर्न, खाल्डाखुल्डी पुर्न र ठेकेदारको लापरबाही अन्त्य गरी आम सर्वसाधारणको दैनिकी सहज बनाउन मातहतका निकायलाई निर्देशन समेत दिएका छन् ।  
प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ, सचिव मधुसुधन अधिकारीलगायत प्रधानमन्त्री कार्यालयमै बोलाएर उपत्यकाका सडकको अवस्था बारे जानकारी लिएका हुन् । 

उनले कलंकी–थानकोट र चाबहिल–बौद्ध–जोरपाटी सडकको अवस्था तत्काल सुधार गर्न निर्देशन दिनुभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुधन अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीले व्यवस्थापकीय कुरालाई अघि बढाउन पनि निर्देशन दिएको सचिव अधिकारीको भनाई छ ।

सचिव अधिकारीले प्रधानमन्त्रीको निर्देशनसँगै ठेकेदारहरुबाट हुने गरेका र भएका लापरबाही, काममा भएको ढिलासुस्तीलगायतका विषयमा मन्त्रालय गम्भीर भएर अघि बढेको पनि बताए ।  वर्षासँगै उपत्यकाका सडकका खाल्डाखुल्डीका कारण सवारी दुर्घटना हुनुका साथै अनाहकमा नागरिकले ज्यान गुमाउनुपरेको तथा कष्टकर यात्रा गर्न बाध्य हुनुपर्ने दैनिकी बनेको छ ।
 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार