नेपाल कम्युनिस्ट पार्टीको नियमावली तीन महिनापछि आज पारित

नेपाल कम्युनिस्ट पार्टीको नियमावली तीन महिनापछि आज पारित

 
काठमाडौँ, असार २७ । लामो समयदेखि थाँती रहँदै आएको नेपाल कम्युनिस्ट पार्टीको नियमावली आज पारित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी सचिवालयको बैठकले एकतापछिको अन्तरिम विधानबमोजिम नियमावली पारित गरेको हो ।
नियमावली पारित भएसँगै मातहतका संगठनको एकता प्रक्रिया अघि बढाउन सचिवालय बैठकले समयबद्ध कार्ययोजना बनाउने निर्णय गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता वामदेव गौतमले पनि विधान, राजनीतिक प्रतिवेदन, नियमावलीलगायत यसअघि नै पारित भएको भन्दै आजको बैठकले परिमार्जन र सम्पादनसहित पारित गरेको जानकारी दिए ।  
स्थायी कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा नियमावलीको अन्तिम मस्यौदा तयार गर्न नेताहरु वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल रहेको कार्यदलले दिएको प्रतिवेदनलाई बैठकले अनुमोदन गरेको हो ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भई नेपाल कम्युनिस्ट पार्टी नेकपा गठन भए पनि नियमावली पारित नहुँदा एकताको तीन महिना बितिसक्दा पनि प्रदेश, जिल्ला कमिटी, स्थानीय तह, प्रवास र जनसंगठनको एकता अन्यौलमा रहँदै आएको थियो । अब तल्लो तहसम्म नै पार्टी एकता प्रक्रियाले पूर्णता पाउने अपेक्षा गरिएको छ ।
 

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा