भदौं ८ देखि नाइ नभन्नु ल –५

भदौं ८ देखि नाइ नभन्नु ल –५
 
विश्व न्यूज संवाददाता
काठमाण्डौं । 
 
नेपाली चलचित्र नाइ नभन्नु ल – ५ भदौं ८ (अगस्त २४ )  देखि प्रर्दशनमा आउने भएको छ । प्रेम कथामा आधारित नाइ नभन्नु ल को पाँचौं संस्करणको रुपमा पर्दामा उतारिएको चलचित्रमा दर्शकले नौलो कथावस्तुको सजिव चित्र पर्दामा देख्न पाउनेछन् । 
झण्डैं दुई दशक बढी देखि नेपाली चलचित्र क्षेत्रसँग जोडिएका विकासराज आचार्यको निमार्ण निर्देशनमा बनेको चलचित्रको छायांकन नेपालको इलामा, झापा र काठमाण्डौंमा गरिएको छ । नाइ नभन्नु ल –५ नाम भएपनि यो नाइ नभन्नु ल को श्रृखंला भने नभएको प्रष्ट्याउँदैं आचार्यले हरेक चलचित्रमा फरक कथावस्तुलाई उतार्ने प्रयास गरिएको र यो चलचित्रमा पनि वेग्लैं कथाको उठान गरिएको जानकारी दिए । 
नाइ नभन्नु ल नाम भएकाले पुराना चलचित्रको केही प्रसंग जोडेर एक अर्का चलचित्र विचको सम्वन्धलाई दर्साउन खोजिएको भएपनि पात्र, प्रवृत्ति, भोगाई र त्यसले बुनेको कथावस्तु फरक रहेको आचार्यले बताए । 
यो चलचित्रमा नाइ नभन्नु ल २ को प्रसंग जोडिएको जनाउँदैं पारिवारिक पृष्ठभुमीलाई जोड दिदैं प्रेम कथामा आधारित चलचित्र नैं भएकाले नाइ नभन्नु ल को पाँच सम्म पुऱ्याइएको जनाए । 
विगतका चलचित्रहरु समेत दर्शकले रुचाएकाले त्यो भन्दा पनि राम्रो गर्ने कोशिस यो चलचित्रमा गरिएको उल्लेख गर्दै निर्देशक आचार्यले चलचित्र हल सम्म पुग्ने दर्शकलाई चलचित्र हेरेपछि त्यसले न्याय गर्नेछ भन्ने विश्वास आफुहरुको रहेको बताए । 
दिलिप रायझाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, अभिषेक नेपाल, , बुद्वी तामाङ , उत्तम केसी, जयनन्द लामा,  बालकलाकार अनुभव रेग्मी, सेड्रिना शर्मा, लगायतको अभिनय रहेको चलचित्रमा गौरी राज जोशी र हरीबोल भण्डारीको लगानी रहेको छ । चलचित्रको कथा लेखन सामिप्यराज तिमल्सेना र आचार्य स्वयंले संयुक्त रुपमा लेखेका हुन् । चलचित्रको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् ।  चलचित्रमा वसन्त सापकोटाको संगित, अर्जुन जिसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी तथा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल कार्यकारी निर्माताको रुपमा रहेका छन् । 
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार