अविरल वर्षाले देशभरको जनजीवन प्रभावित, भक्तपुरमा मात्रै एकै परिवारका तीन जनाको मृत्यु

अविरल वर्षाले देशभरको जनजीवन प्रभावित, भक्तपुरमा मात्रै एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौँ, असार २८ ।  मनसुनको सक्रियतासँगै हिजोरातिदेखि परेको अविरल वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ । वर्षासँगै भक्तपुरको हनुमन्ते, मनोहरालगायतका खोलामा आएको बाढीले चागुनारायण, सूर्यविनायक, मध्यपुर, थिमी, राधेराधे, सल्लाघारी तथा हनुमन्ते र मनोहरा खोलाको आसपासका क्षेत्र डुबानमा परेका छन् । बाढीका कारण विपी राजमार्ग पनि केहीघण्टा अवरुद्ध भएको थियो । सो क्षेत्रको डुबानको असर बनेपासम्म पुगेको थियो ।
बाढी बस्तीमा पसेको खबर सुनेपछि नै उद्दारमा खटिएका भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले बिहान नौ बजेसम्मको अवस्था भयावह भएपनि अहिले सामान्य बन्दै गएको बताए । घटना र विचारसँगको कुराकानीमा सांसद बस्नेतले खोला छेउछाउका अस्पताल तथा विद्यालय डुबानमा परेको बताए । 
दिनभरी नै उद्दार कार्यमा खटिएका सांसद बस्नेतले स्थानीयबासीका साथै प्रहरी र सेनाको भूमिका उच्च दिए । डुबान क्षेत्रमा स्थानीयबासीको यो पीडा व्यवस्थापकीय कमजोरीले निम्तिएको पूर्वाधारविद सूर्यराज आचार्यको भनाई छ । उनले घटना र विचारसँगको कुरकानीमा घर निर्माण गर्दा, जग्गाको प्लटिङ गर्दा खोला व्यवस्थापनको विषयलाई नसमेटिने हुँदा वर्षायाममा यस्तो समस्या आउने गरेको बताए । 
 
उनले दीर्घकालीन योजना बनाएर अघि नबढ्ने हो भने आगामी वर्षमा पनि यो समस्या दोहोरिने बताए । त्यसैगरी मौसमविद् वरुण पौडेलले वर्षायामामा पानी पर्ने स्वाभाविक भएको भन्दै आज राती पनि उपत्यकामा सामान्य वर्षा हुने बताए । यद्यपि, त्यति आत्तिहाल्नु पर्ने अवस्था नभएको उनको भनाई छ । 
विगतका वर्षहरुमा अविरल वर्षापछि तराईको जनजिवन डुवानका कारण निकै कष्टकर हुने गथ्र्यो भने पहाडमा पनि पहिरोका कारण जनजिवन प्रभावित हुने गरेको थियो । यो पटक उपत्यका र आसपासका क्षे त्रमा समेत डुवानका कारण जनजिवन प्रभावित भएको छ । बाढि, पहिरो, भूकम्प जस्ता प्राकृतिक विप्पतिबाट हुने क्षति कम भन्दा कम होस भन्नका लागि सरकार र सम्वन्धित निकायले पनि ध्यान दिन जरुरी छ । 
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार