विश्वकपको उपाधी फ्रान्सको पोल्टामा, क्रोएसिया उपविजेता

विश्वकपको उपाधी फ्रान्सको पोल्टामा, क्रोएसिया उपविजेता
 
 काठमाडौँ, असार ३१ । करिब ४३ लाख जनसंङ्ख्या रहेको देश क्रोएसिया विश्वलाई नै चकित बनाउँदै रुसमा जारी विश्वकपमा अघि बढिरहेको थियो । फ्रान्ससँगको फाइनमा पनि निकै राम्रो खेल प्रदर्शन गरेको क्रोएसियाले विश्वकपको उपाधी लैजाने धोको भने पूरा गर्न सकेन ।  दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित्दै फ्रान्सले क्रोसियाको सपना अधुरै बनाई दियो ।  फाइन खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो । 
 
आक्रमक खेल प्रदर्शन गरिरहेको क्रोसियाले खेलको १८ औ मिनेटमा आत्मघााती गोल गरेपछि फ्रान्सले अग्रता लियो। कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो मान्जुकिजले आफ्नै पोस्टमा गोल गरे । यद्यपि फ्रान्सको त्यो खुशीलाई १० मिनेट पनि टिक्न नदिई क्रोएसियाले २८ औं मिनेटमै गोल फर्काएर खेल बराबरीमा ल्यायो ।  इभान पेरिसिकको प्रहारलाई फ्रान्सले रोक्न सकेन र खेल बराबरी भयो ।  क्रोएसियाले खेल बराबरीमा ल्याएको १० मिनेटमै फेरि फ्रान्सले पेनाल्टी पायो र अग्रता लिने मौका पायो । कर्नर बलमा क्रोएसियाली डिफेन्डरले ह्याण्ड गर्न पुग्दा पाएको पेनाल्टीलाई फ्रान्सका एन्टोनि ग्रिजम्यानले गोलमा परिणत गरे । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायताले पेनाल्टीको निर्णय गरेका थिए । फ्रान्सका लागि ५९ औं मिनेटमा पाउल पोग्वा र ६५ औं मिनेटमा केलियन एम्बाप्पेले गोल थपे ।
 
क्रोएसियाका लागि सान्त्वना गोल मारियो मान्जुकिजले ६९ औं मिनेटमा गरे ।
 
पहिलो पटक फाइनल पुगेको टिम क्रोएसियाले बलमाथि धेरै नियन्त्रण राखे पनि गोल गर्न नसक्दा हार व्यहोर्न पुग्यो र विश्वकपको उपाधी फ्रान्सको पोल्टामा पुग्यो ।  
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार