विदेशमा पढेका ८८ प्रतिशत डाक्टर फेल, केसीबारे यस्ता समाचार

 विदेशमा पढेका ८८ प्रतिशत डाक्टर फेल, केसीबारे यस्ता समाचार
 
 
काठमाडौँ, असार ३१ ।  गत वर्ष १६ मंसिरमा नेपाल मेडिकल काउन्सिलले लिएको परीषमा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल भएका छन् ।
 
त्यस्तै, बिडिएस पढेका ४१ जना सहभागी भएकोमा ३७ जना जना असफल भए । यसरी एमबिबिएसतर्फ ८८ प्रतिशत र बिडिएसतर्फ ९० प्रतिशत डाक्टर काउन्सिलको परीक्षामा असफल भएको उल्लेख गरिएको छ ।
 
साथै, विदेशमा पढेका अधिकांश डाक्टर फेल हुनुको कारणबारे पनि समाचारमा उल्लेख गरिएको छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटालाई उदृत गर्दै कतिपय डाक्टरले लाइसेन्स लिन ३६ पटकसम्म परीक्षा दिएको समेत नयाँ पत्रिका दैनिकले उल्लेख गरिएको छ ।
 
चिकित्सा शिक्षा विधेयकः पेलेरै पारित गर्ने सरकारको तयारी शीर्षकमा नागरिक दैनिकले समाचार छापेको छ । सरकारले चिकित्सा शिक्षा विधेयक पेलेरै पारित गर्ने तयारी रहेको समाचार नागरिकले छापेको हो ।  चिकित्सा शिक्षा अध्यादेशकै स्वरुपमा ऐन ल्याउनुपर्ने माग राख्दै आमरण अनशनरत डा. गोविन्द केसीसँग वार्ता समेत नगरी सरकार बलपूर्वक चिकित्सा शिक्षा विधेयक आगडि बढाउन लागि परेको जनाइएको छ ।
 
अनशरत डा. केसीको स्वास्थ्य अवस्था दिनानुदिन गम्भीर हुँदा पनि सरकार वार्ताद्वारा निकास निकाल्न नलागेको भन्दै आम चिकित्सकसमेत आन्दोलनमा रहेकै वेला सरकार बलपूर्वक विधेयक अगाडि बढाउन लागि परेको समाचारमा जनाइएको छ ।
 
समाचारमा भनिएको छ, ‘नागरिक समाज र बुद्धिजीवीले समेत वार्ताबाट सहमति खोज्न निरन्तर दबाब दिइरहे पनि सरकार टसमस भएको छैन ।’
 
त्यस्तै, शनिबार सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले तत्काल वार्ता समिति बनाउने र विधेयक रोक्ने वचन डा। केसी पक्षधारलाई दिएको तर, केसीपक्षधरका चिकित्सक डा. अभिषेकराज सिंहले शनिबार श्रेष्ठले त्यसो भने पनि आइतबार शिक्षामन्त्रीले विधेयक नरोकिने अभिव्यक्ति दिएको र सरकार त्यही दिशामा अघि बढेको दाबी गरेको समाचारमा जनाइएको छ ।
 
यही विषयलाई कान्तिपुर दैनिकले डा। केसीको आमरण अनशन र उनका माग सम्बोधन गर्ने विषयमा भइरहेको उच्चस्तरको राजनीतिक छलफलमा ओलीले स्रसद्मा विधेयक पेस भइसकेकाले चिकित्सा शिक्षा सुधारका लागि विषय त्यहीँबाट टुंगिनुपर्ने धारणा राखेको उल्लेख गर्दै ‘चिकित्सा शिक्षा विधेक, सरकारको अडान’ शीर्षकमा खबर छापेको छ ।
 
राजधानी दैनिकले अनशनका कारण डा। केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गउपछि संक्रमणको खतरा औंल्याउँदै चिकित्सकले बाहिरी भेटघाटन प्रतिबन्ध गरेको उल्लेख गरेको छ ।
 
डा. केसीको स्वास्थ्य अवस्था बुझ्न दैनिक डेढ सय बढी शुभचिन्तक आउने गरेका छन् । चिकित्सक नारयाण कँडेललाई उदृत गर्दै समाचारमा बाहिरबाट केसीलाई भेट्न आउनेलाई रोक लगाइएको उल्लेख गरिएको छ ।
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा