ओली सरकारका करिब डेढ दर्जन निर्णय, उप्रेती भारतकालागि राजदूत रिफारिस

ओली सरकारका करिब डेढ दर्जन निर्णय, उप्रेती भारतकालागि राजदूत रिफारिस
 
काठमाडौँ, असार ३२ । नेपाल कम्युनिष्ट पार्टी (नकेपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले डेढ दर्जन बढी निर्णयहरु गरेको छ । मन्त्रिपरिषद बैठकले विभिन्न देशका लागि राजदूत नियुक्तिका लागि सिफारिस, अनसनरत डा गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता समिति गठनलगायतका निणय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । उनले ‘डिजास्टर रेजिलेन्स स्कुल प्रोजेक्ट’ सञ्चालन गर्न एसियाली विकासबैंकबाट अनुदान र ऋण सहयोग उपलब्ध गराउन वार्ता टोली गठन गर्ने निर्णय भएको बताए । त्यस्तै सरकारले श्रमिक र कर्मचारीहरुको पारिश्रमिक तथा वित्तीय सुधिवा अनिवार्य बैंकबाट उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै बैठकले आमसञ्चारसम्बन्धी नयाँ विधेयक तर्जुमा गर्न सैद्दान्तिक स्वीकृति प्रदान गर्ने, विद्युतीय राहदानी इ पार्सपोर्ट सञ्चालन गर्न अनुमति दिइने पनि निर्णय गरेको छ । बैठकले निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई भारत र पूर्व राजदूत समेत रहिसक्नुभएका उदयराज पाण्डेलाई मलेसियाको राजदूत बनाउने निर्णय गरेको मन्त्री बास्कोटाले जानकारी दिए ।
केही स्थानीय तहहरुले आग्रह गरे अनुसारको स्थानीय निकायको केन्द्र र नाम पनि आजको बैठकले सिफारिस गरेको मन्त्री बाँस्कोटाले बताए । डाक्टर गोविन्द केसीको अनसन र उहाँले उठाएका माग सम्बोधन गर्नका लागि शिक्षा सचिवको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरिएको पनि मन्त्री बाँस्कोटाले जानकारी दिए ।  
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा