एनएसटीको समर क्याम्प सुरु

एनएसटीको समर क्याम्प सुरु
 
विश्व न्यूज संवाददाता
अर्विङ । 
नेपाली समाज टेक्सस ( एनएसटी) को आयोजनामा आइतवारदेखि टेक्ससको अर्विङमा समर क्याम्प सुरु भएको छ  । बालबालिकाहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्दै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय बनाउने उद्देश्यले आयोजित समर क्याम्प जुलाई २९ सम्म चल्नेछ । 
४ वर्षदेखि १४ वर्ष उमेरका समुहका बालबालिकाको क्याम्पमा सहभागिता रहेको छ । क्याम्पमा नेपाली भाषा, संस्कृति र संस्कार सम्बन्धी  शिक्षा प्रदान गर्नुका साथैं नृत्य, गायन, खेलकुद, वक्तृत्वकला, वादविवाद लगायतका विभिन्न विषयमा अतिरिक्त क्रियाकलाप  बारे अभ्यास गराइने आयोजक संस्था एनएसटीले जनाएको छ । 
क्याम्पमार्फत बालबालिकाहरुमा सामुहिक भावना जागृत हुने र सामाजिक सेवा भाव समेत बढ्ने विश्वास लिइएको क्याम्प संयोजक आयशा ओझाले जनाइन् । 
बालबालिकाहरुलाई सरल र सहज हुने गरी पारिवारिक वातावरणमा क्याम्प संचालन गरिने एनएसटीका अध्यक्ष सुमन थापाले जनाए ।   
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार