जुलाई २८ मा डलासमा कन्दरा

जुलाई २८ मा डलासमा कन्दरा
 
विश्व न्यूज संवाददाता
डलास । 
लेककी हे माया,  हङकङ पोखरा, तगारोमा रुमाल राखी, विदेशियर गईन् उनी जस्ता दर्जनौं चर्चित गित  नेपाली संगित बजारमा दिएको कन्दरा ब्यान्डको प्रस्तुती टेक्ससको डलासमा हुने भएको छ । 
अमेरिका भ्रमणमा रहेको ब्यान्डको जुलाई २८ मा डलासमा प्रस्तुती रहने भएको हो । न्याक एण्ड डिटी इन्टरटेइमेन्टले पिक रेष्टुरेण्टसगको सहकार्यमा कन्दराको प्रस्तुती डलासमा गर्न लागेको हो ।
फिस्टेल रेष्टुरेण्टको प्रायोजन रहेको कन्दराको प्रस्तुतीमा सहभागिताका लागि साधारणतर्फ २० र विशिष्टतर्फ ५५ टिकट दर राखिएको आयोजकले जनाएका छन् । कन्दराले क्यालिफोर्नियाको लस एन्जल्समा आफ्नो प्रस्तुती दिइसकेको छ । गायक विवेक श्रेष्ठसहीतको कन्दरा ब्याण्डको टोलीले अमेरिका अन्य शहरमा समेत प्रस्तुती दिने बताइएको छ । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार