कमलपोखरीको २४ रोपनी जग्गा गायब

 कमलपोखरीको २४ रोपनी जग्गा गायब
 
 
काठमाडौँ, साउन २ ।  साविक काठमाडौं १ स्थित कमलपोखरीको २४ रोपनी जग्गा गायब भएको  छ ।
 
प्रहरी, सडकदेखि सर्वसाधारणले कमलपोखरी अतिक्रमण गरेका हुन् । ४८ रोपनीमा फैलिएको कमलपोखरीको क्षेत्रफल हाल आधा पनि छैन । अन्नपूर्णमा खवर छ ।  
 
२०३४ सालको नापीदेखि नै कमलपोखरी अतिक्रमणको चपेटामा पर्दै आएको छ । एउटै व्यक्तिले २० रोपनी जग्गा आफ्नो नाममा दर्ता गराएका छन् । कि.नं. ४०४ को २० रोपनी १० आना १ पैसा १ दाम मणिराज गुरुङको नाममा दर्ता भएको अन्नपूर्णको समाचारमा उल्लेख छ । उक्त जग्गाको विषयमा गुरुङ र कृषि कार्यालयबीच विवादसमेत भएको थियो ।
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा