भाइका लागि ग्रीनकार्डको निवेदन पेश गर्न सक्छु ?

भाइका लागि ग्रीनकार्डको निवेदन पेश गर्न सक्छु ?
रमेश श्रेष्ठ

म युएस सिटिजन हुँ । मैले मेरो भाइका लागि ग्रीनकार्डको निवेदन युएससीआईएसमा पेश गर्ने विचार गरेको छु । यदि मैले यो निवेदन पेश गरेको खण्डमा मेरो भाइलाई भविष्यमा बी–१, बी–२ अथवा एफ–१ स्टाटस लिएर आउनका लागि कुनै बाधा हुन्छ कि हुँदैन ? यदि मेरो निवेदनबाट नै पालो कुर्न परे कति वर्षमा उसले ग्रीनकार्ड पाउन सक्छ होला ? उत्तरका लागि धन्यवाद ।

– असिम, अमेरिका

तपाईं युएस सिटिजनको हैसियतले आफ्नो सहोदर भाइका लागि निवेदन युएससीआईएसमा पेश गर्न सक्नुहुनेछ । तर, यस किसिमको पेटिसनबाट अमेरिका ग्रीनकार्ड लिई आउनका लागि धेरै वर्ष अर्थात् घटीमा १० वर्ष लाग्नेछ । कारण यो फेमिली प्रिफरेनस क्याटगोरीमा सबभन्दा तल्लो प्रिफरेन्सको हो । यस किसिमको इमिग्रान्ट आई–१३० पेटिसन दर्ता भइसकेपछि बी–१, बी–२ वा एफ–१ (विद्यार्थी भिसा) पाउन कहिलेकाहीं कठिनाइ पर्न वा भिसा एप्लिकेसन डिनाइ हुने स्थिति पनि हुन सक्छ । तपाईंले तपाईंको भाइका लागि इमिग्रान्ट पेटिसन दर्ता गरिसकेपछि यो देखिन्छ कि तपाईंको भाइ एक इन्टेन्डेड इमिग्रान्ट हुन् र उनको युएसए आएपछि सधैं यहाँ रहने विचारमा हुनुहुन्छ । नन इमिग्रान्ट भिसाहरु (बी–१, बी–२, एफ–१) भनेको अस्थायीरुपमा अमेरिका आएर जुन उद्देश्यले यहाँ आएको हो, सो काम पूरा गरी आफ्नो देश फर्कने हो । यस्तो अवस्थामा इमिग्रान्ट पेटिसनको बेनिफिसियरीले बी–१, बी–२ वा एफ–१ जस्ता टेम्पोररी भिसाहरुको  निवेदन गर्दा कन्फ्लिक्ट अफ इन्टेन्ड देखा पर्न आउँछ । अर्थात्, इमिग्रान्थ पेटिसनमा देखाएको सधैंका लागि युएसमा बसोबास गर्ने मनसाय र ननइमिग्रान्ट पेटिसनमा देखाएको अस्थायीरुपमा युएसए गई निश्चित उद्देश्यको काम पूरा गरी समयमै आफ्नो मुलुक फर्कने मनसाय बाझिनेछ । यस अवस्थामा युएस कन्सुलेटले पछिल्लो मनसायलाई कम विश्वास र अघिल्लो मनसायलाई बढी विश्वास गर्न सक्दछ । फलस्वरुप, युएस कन्सुलेटले यो ठान्दछ कि सो व्यक्ति युएसए आए, सको नेपाल वा आफ्नो मुलुक फर्किने सम्भावना कम छ । यस्तो कन्फ्लिक्ट अफ इन्टेन्डको अवस्था पर्न आएमा बी–१, बी–२, एफ–१ जस्ता भिसामा निवेदनहरु रिजेक्ट हुने सम्भावना बढी हुनेछ ।

तपाईंको भाइको केसमा यदि उहाँले निकट भविष्यमा नै बी–१, बी–२, एफ–१ भिसाको लागि युएस कन्सुलेट, काठमाडौंमा निवेदन पेश गर्ने प्लान गर्नुभएको छ भने तपाईंले आई–१३० पेृटिसन अहिले यहाँ युएससीआईएसमा नगरेमा, उहाँले उक्त भिसा पाउनमा सजिलो पर्न सक्छ । तर, यदि तपाईंको भाइको त्यस्ता टेम्पोररी वा नन इमिग्रान्ट भिसा एप्लाई गर्ने निकट भविष्यमा वा पछि कुनै समयमा गर्ने सम्भावना छैन भने तपाईंको पेटिसन युएससीआईएसमा दर्ता गर्नु भए हुन्छ । किनभने चाँडै लाइनमा बस्नु भए पालो पनि छिट्टै आउने सक्छ ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा